PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

संसदमा अब उचाल्न नमिल्ने कुर्सीः यस्तो बन्दैछ प्रतिनिधि सभाको नयाँ हल, हेर्नुस् फोटोमा

संसदमा अब उचाल्न नमिल्ने कुर्सीः यस्तो बन्दैछ प्रतिनिधि सभाको नयाँ हल, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः संघीय संसद्को प्रतिनिधि सभाको हल यसअघि संविधान सभाकै बैठक कक्ष हो। ६०१ सांसद् र केही विशिष्ठलाई समेत राख्न मिल्नेगरि बनाइएको हलमा अहिले प्रतिनिधि सभाको बैठक सञ्चालन हुँदै आएको छ। संघीय संसद्को संयुक्त बैठक पनि सोही हलमा बस्छ। संयुक्त बैठक बस्दा पनि ३३४ सदस्य हुन्छन्। संविधान सभाभन्दा करिब आधा सदस्य।

हल ठूलो हुँदा खाली देखिएको भन्दै सचिवालयले अहिले कुर्सी व्यवस्थापन गरिरहेको छ। संयुक्त बैठक र केही विशिष्ठ व्यक्तिलाई राख्न मिल्नेगरि कुर्सी व्यवस्थापनको काम भइरहेको छ। पुस पहिलो सातासम्म कुर्सी मिलाइसक्ने तयारी छ। ३९६ नयाँ कुर्सी राखिँदैछन्।  

एक रो’मा ६ जना सांसद् बस्न मिल्नेगरि सोही आधारमा टेबुल कुर्सी व्यवस्थापन भइरहेको छ। ६ वटा कुर्सीलाई लहरै जोडिएको छ। लहरै राखिएका कुर्सीहरु एक–अर्कामा लक हुनेछन्। यो पटक राखिएको कुर्सीहरु उचाल्न मिल्दैन।

०७२ माघ ५ गते तत्कालीन संविधान सभामा सभासद्हरुले कुर्सी उचालेर सभाध्यक्षलाई आक्रमणको प्रयास गरेका थिए। 

यसअघि सबै सांसद्ले ढ्पाय–ढ्याप पार्ने टेबुल थिएन। अब सबैलाई टेबुल पनि व्यवस्थापन हुँदैछ।



ट्रेन्डिङ पोस्ट

Ncell