PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


कांग्रेस सांसद् ओमकला गौतमका छोरा नवीनको दुर्घटनामा परी मृत्यु


पहिलोपोस्ट

कांग्रेस सांसद् ओमकला गौतमका छोरा नवीनको दुर्घटनामा परी मृत्यु

कावासोतीः पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा सवारी दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।

ना ३२ प ८३९० नम्बरको स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो। उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने बताइएको छ।

गौतम गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा हुन्। रासस



कांग्रेस सांसद् ओमकला गौतमका छोरा नवीनको दुर्घटनामा परी मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट