PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


पहिलोपोस्ट

लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

घोराहीः लमहीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।

वेलाबाट गढवातर्फ आउँदै गरेको रा ३ प ३६२७ नं को मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। रासस



लमहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट