PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

किन देखियो नेपाल टेलिकमको सेवामा समस्या?



किन देखियो नेपाल टेलिकमको सेवामा समस्या?

काठमाडौं: आइतबार दिउँसो करिब दुई बजेदेखि नेपाल टेलिकमको प्रिपेड र पोष्टपेड सेवामा फोन डायल गर्दा डायल टुन नआउने र फोन नलाग्ने समस्या देखिएको छ।

नेपाल टेलिकमको फाइबरमा समस्या देखिएपछि दिउँसैदेखि भ्वाइस कलमा समस्या आएको टेलिकमका साहयक प्रवक्ता सोवन अधिकारीले जानकारी दिए। उनले पुरानो फाइबर काटेर नयाँ फाइबर जडान गरिने बताए।

'फाइबरमा समस्या देखिएपछि हामीले सुन्धारास्थित नयाँ फाइबर परिवर्तन गरेका छौँ। कुन स्थानमा फाइबर काटिएको भन्ने यकिन भइसकेको छ। प्राविधिक जनशक्ति परिचालन भइसकेको छ। यो समस्याको समाधान छिट्टै हुनेछ' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell