PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


जलवायु परिवर्तनको स्वास्थ्यमा असर, अध्ययन भन्छ 'मानसिक रोग बढ्नेदेखि कार दुर्घटनासम्म'


पहिलोपोस्ट

जलवायु परिवर्तनको स्वास्थ्यमा असर, अध्ययन भन्छ 'मानसिक रोग बढ्नेदेखि कार दुर्घटनासम्म'
Photo: insideclimatenews.org

विश्वमा बढ्दै गएको 'ग्लोबल वार्मिङ'  रोकथाम गर्नका लागि समाजका धेरै पक्षहरूमा परिवर्तन ल्याउनुपर्ने देखिएको संयुक्त राष्ट्रसंघको वातावरण परिवर्तन हेर्ने अन्तरसरकारी निकायले जनाएको छ। 'ग्लोबल वार्मिङ'ले पृथ्वी मात्र असुरक्षित भएको भने होइन। यसले मानव स्वास्थ्यमा पनि धेरै समस्या आउने सम्भावना रहन्छ।

जलवायु परिवर्तनबाट किराको टोकाइ, टाइप टु डाइबेटिज लगायत स्वास्थ्यमा समस्या आउन सक्छ।

 

लामखुट्टे- किराको टोकाइ

गर्मी महिनामा 'टिक्स', लामखुट्टे वा अन्य किराहरुको टोकाइबाट 'भेक्टर बर्न डिजिज' लाग्ने सम्भावना रहन्छ। मेडिकल सोसाइटी कन्सर्टियम अन क्लाइमेट एन्ड हेल्थले सन् २०१७ मा एक रिपोर्ट प्रकाशित गरी लामखुट्टेले 'वेस्ट निल भाइरस र डेङ्गु फिभर' जस्ता रोगहरु लाग्ने प्रबल सम्भावना रहेको प्रति सचेत रहनुपर्ने उल्लेख गरेको थियो। उक्त रिपोर्टमा अमेरिकामा मलेरिया पुन: देख्न सकिने पनि बताइएको छ।

वातावरण परिवर्तनले लामखुट्टेको संख्यामा वृद्धि मात्र नभई भाइरसहरू छिट्टै सर्ने र उनीहरू लामो समय बाँच्ने गरेको पाइएको छ। सीडीसीका अनुसार यस्तै अवस्थाका कारण जिका भाइरसको उत्पत्ति भएको हुन सक्छ।

सन् २०१५ देखि २ हजार चार सय गर्भवती महिलाहरुमा जिका भाइरसको संक्रमण भेटिएको थियो। यस्तै, अमेरिकामा 'लाइमी डिजिज, रकी माउन्टेन सप्ट्टेड फिभर' र अरु 'भेक्टर' द्वारा सिर्जित रोगहरुको संख्यामा व्यापक वृद्धि भएको छ।

सन् २००४ मा मात्र त्यस अवस्थाका २७ हजार तीन सय ८८ केसहरु रिपोर्ट गरिएको थियो। २०१६ मा सो संख्या ९६ हजार ७५ पुगेको सीडीसीले जनाएको छ।

 

दुषित पानी र ब्याक्टेरियल इन्फेक्सन

प्रतिकूल मौसम र अत्यधिक वर्षाका कारण पानीमा 'ब्याक्टेरियल इन्फेक्सन'हरु मिसिन गएको छ। खासगरी गर्मी महिनामा। अत्यधिक गर्मी अवस्थाले मौसम झनै प्रतिकूल हुन्छ।

जर्ज मसन विश्वविद्यालयका वातावरण र स्वास्थ्य विभागकी निर्देशक डा. मोना सरफरटी भन्छिन्' जब अत्यधिक वर्षाका कारण बाढी जान्छ, तब पानीमा स्ट्रोम वाटर र दिसा-पिसाब मिलेर त्यो प्रदूषित हुनेगर्छ।'

उक्त प्रदूषणले बालीनालीमा समेत नकारात्मक प्रभाव पार्छ। बालीबाटै धेरै रोगको जन्म हुन सक्छ। अत्यधिक वर्षा र बाढीले खाद्यान्न उत्पादन हुँदै आएको क्षेत्रमा 'फेकल ब्याक्टेरिया' र भाइरसहरु फैलिन सक्छ।

समुन्द्रको पानी धेरै तातो भए पनि समस्या हुनसक्छ। गर्मी मौसममा समुन्द्रमा ब्याक्टेरिया भित्रिन सक्छ। त्यस्तो अवस्थामा भने कुनै व्यक्तिले त्यहाँ स्विमिङ गरे उसलार्इ पनि इन्फेकसन हुन सक्छ। अझै उनीहरुको शरीरमा चोटका कारण खुला घाउहरु भए उनीहरु त्यसबाट झनै प्रभावित हुन सक्छन्।

 

मानसिक स्वास्थ्य सम्बन्धी रोग बढ्ने

तापक्रममा हल्का मात्रै वृद्धि भए पनि त्यसले मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरू बढ्न सक्ने रिपोर्टमा उल्लेख गरिएको छ। अध्ययनका क्रममा करिब २ करोड अमेरिकीहरूको परीक्षण गरिएको थियो। पीएनएएसमा प्रकाशित एक जर्नलमा एक डिग्री तापक्रम वृद्धि हुँदा २ प्रतिशत मानिसहरूको मानसिक स्वास्थ्यमा समस्या देखिने उल्लेख छ। 

महिनामा २५ देखि ३० रहेको तापक्रम, ३० डिग्री सेल्सियसभन्दा माथि बढ्दै गएको खण्डमा त्यसबाट मानसिक स्वास्थ्यमा ०.५ प्रतिशत समस्या वृद्धि हुने देखिएको छ।

नेचर क्लाइमेट चेन्ज नामक जर्नलमा प्रकाशित एक रिपोर्टका अनुसार १ डिग्री  तापक्रम वृद्धिको सम्बन्ध अमेरिकामा ०.६८ प्रतिशत आत्महत्याका घटनासँग रहेको उल्लेख गरेको थियो। यस तथ्यांकलार्इ आधार मानेर अनुसन्धानकर्ताहरूले २०५० सम्म जलवायु परिवर्तनका कारण १४ हजारभन्दा बढी व्यक्तिले आत्महत्या गर्न सक्ने बताएका छन्।

यससम्बन्धी अझै अनुसन्धान हुनुपर्नेमा अनुसन्धानकर्ताहरूको जोड छ। आर्थिक र प्राकृतिक कारणले यस्तो हुने सक्ने बताइएको छ।

स्टयान्डफोर्ड विश्वविद्यालयका सह-प्राध्यापक मार्सल बुर्के भन्छन्  'आर्थिक अवस्था कमजोर हुँदा त्यसले मानसिक स्वास्थयमा पनि असर गर्न सक्छ।' तापक्रम वृद्धिसँगै थर्मल रेगुलेशन र मस्तिष्कले इमोसनहरुलार्इ रेगुलेट गर्ने कार्यहरुको एक आपसमा बायोलोजिकल सम्बन्ध हुन् सक्ने उनले बताए।

 

टाइप टु डाइबिटिजमा वृद्धि 

सन् २०१७ मा गरिएको एक अध्ययनका क्रममा बढ्दो तापक्रमहरू टाइप टु डाइबेटिज बढ्नुसँग सम्बन्धित रहेको फेला परेको थियो। तर, त्यसबेला अनुसन्धानकर्ताहरूले तापक्रम र डाइबेटिजबीचको सम्बन्धका बारेमा मात्रै अध्ययन गरेका थिए। त्यसैले तापक्रमकै कारण पूर्ण रूपमा डाइबेटिज हुने भन्ने कुरा त्यसमा प्रमाणित भएको थिएन।

यद्यपि, अनुसुन्धानकर्ताहरुले अमेरिकामा १ डिग्री सेल्सियल तापक्रम वृद्धि हुँदा ४ प्रतिशतले डाइबिटिज बढेको फेला पारेका थिए। विश्वभर एक डिग्री सेल्सियस बराबर ग्लुकोजको क्षमता बहन गर्न नसक्ने अवस्था ०.१७ प्रतिशतले बढ्छ। नेदरल्यान्डसको लाइदेन विश्वविद्यालयकी अनुसन्धानकर्ता लिसान्ने बलुवले अमेरिकामा मात्र १ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा एक लाख नयाँ डाइबेटिजका रोगहरु सृजना हुने बताइन्।

 

श्वासप्रश्वासमा समस्या र स्ट्रोक

वैज्ञानिकहरूले कार्बोनडायोक्साइड जस्ता ग्रीन हाउस ग्याँसहरूले ग्लोबल वार्मिङलार्इ प्रोत्साहन गरिरहेको स्वीकार गरेका छन्। तर, त्यसले पृथ्वीलार्इ मात्र समस्यामा पारेको छैन। 'फोसिल फ्युल'को प्रदूषित कणहरूले वातावरणमा प्रदूषण गरी फोक्सोमा प्रवेश गर्छ र रगत प्रवाहमा समस्या ल्याउँछ।

'पार्टिकुलर म्याटर' भनिने उक्त पदार्थले छातीमा समस्या हुनसक्छ। यसका साथै त्यसले फोक्सो सञ्चालनको गतिलार्इ घटाउँछ र मुटुसम्बन्धी समस्याहरूमा वृद्धि गर्न सक्ने डी ल्यानसेटमा प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ। सोही प्रतिवेदनमा वर्षमा ८० लाख मान्छेको मृत्यु वायु प्रदूषणका कारण हुने उल्लेख गरिएको थियो।

पृथ्वीको तापक्रम वृद्धि भएसँगै धेरै डढेलो लाग्ने सम्भावना हुन्छ। जसबाट निस्कने धुवाँले वायुमण्डलमा थप नकारात्मक प्रभाव पार्छ। सन् २०११ मा अमेरिकाको राष्ट्रिय अनुसन्धान केन्द्रले प्रकाशित गरेको रिपोर्टका अनुसार एक डिग्री सेल्सियस तापक्रम वृद्धिसँगै डढेलोका कारण ४०० प्रतिशत बढी भूमिमा आगलागी हुन सक्ने जनाइएको थियो।

यस्तै कार्बोन्डाइअक्साइडको वृद्धिसँगै वनस्पतिहरूमा 'पोल्लेन' पनि वृद्धि हुने र त्यसले धानबाली लगायतलार्इ प्रभाव पार्ने गर्छ।  

 

धेरै कार दुर्घटना

पीएनएएसमा प्रकाशित एक अध्ययन रिपोर्टका अनुसार मौसममा हुने सानो  परिवर्तनले पनि मानव जीवनमा प्रभाव पर्न सक्छ। त्यसबाट कार दुर्घटना हुने संख्यामा वृद्धि हुन्छ। यस्तै खाद्य पदार्थको गुणस्तरको अनुसन्धानमा कमी आउँछ।

अनुसन्धानकर्ताहरूले ७० मिलियन प्रहरी चौकीहरूबाट तथ्यांक संकलन गर्दै ५ लाख दुर्घटनाका घटना र १३ मिलियन खाद्य सुरक्षा उल्लंघन गरेको तथ्यांकहरुको अध्ययन गरेको थियो।

अनुसन्धानकर्ताहरुका अनुसार २८ डिग्री सेल्सियसभन्दा माथि तापक्रम हुँदा कम संख्यामा मात्र ट्राफिक जाँच हुने गरेको र त्यसले असुरक्षित सवारी सञ्चालनमा टेवा दिने देखिएको थियो।

तापक्रममा १० डिग्री सेल्सियस बढ्दा ट्राफिक जाँच हुने क्रम १.५ प्रतिशतले घट्ने गरेको उक्त अध्ययनले देखाएको छ। त्यस्तो अवस्थामा त्यही संख्यामा कार दुर्घटना पनि बढ्ने गरेको छ।

यस्तै तापक्रम २६ सेल्सियसभन्दा माथि पुग्दा स्वास्थ्य विभागका अधिकारीहरूले पनि कम संख्यामा अनुगमन गर्ने गरेको पाइएको थियो। अनुसन्धानकर्ताहरूले अध्ययन गरेको ७ लाख ५० हजार रेस्टुरेन्ट र खाद्य उत्पादन गर्ने स्थानको अध्ययन गर्दा उनीहरूले १० डिग्री तापक्रम बढ्दा ८ हजारभन्दा कम अनुगमन भएको पाएका थिए।

तापक्रम धेरै हुँदा 'इ कोइल र सालमोनेल्ला' जस्ता 'प्याथोजेन्स'हरु छिट्टै बढ्ने हुँदा खाद्य सुरक्षाका सन्दर्भमा धेरै उल्लंघन हुने गरेको पाइएको थियो। 

यस अध्ययनका सह-लेखक रहेका ओब्राडोभिच भन्छन् 'तापक्रम धेरै हुनाले मानवको शरीर सञ्चालनमा असर गर्छ। मौसमको अवस्थाले हामीलार्इ हाम्रो दैनिक जीवनमा असर गर्न सक्छ। यस्तै हामीले भोग्नु पर्न सक्ने समस्याहरुका बारेमा पनि सचेत गराउँछ।'

अनुवादः सीएनएन



जलवायु परिवर्तनको स्वास्थ्यमा असर, अध्ययन भन्छ 'मानसिक रोग बढ्नेदेखि कार दुर्घटनासम्म' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट