PahiloPost

Dec 17, 2018 | २ पुष २०७५


दाङमा एक व्यवसायीको हत्या, हत्यामा संलग्न भएको आशङ्कामा एक व्यक्ति पक्राउ


पहिलोपोस्ट

दाङमा एक व्यवसायीको हत्या, हत्यामा संलग्न भएको आशङ्कामा एक व्यक्ति पक्राउ

घोराहीः घोराही उपमहानगरपालिका– १३ को सेवा खोला पुन नजिक गएराति एक व्यवसायीको हत्या भएको छ। घोराहीको वडा नं १४ माथिल्लो बसपार्क नजिक हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका रोल्पाका ४९ वर्षीय नन्दबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार हिजो बेलुकी करिब ८ बजेतिर घर्ती बेवारिसे अवस्थामा फेला परेपछि उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। हत्यामा संलग्न भएको आशङ्कामा हिजै साँझ प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको गरेको र उनी अनुसन्धानकै क्रममा रहेको प्रमुख पाण्डेले बताए।

हत्या भएका घर्तीको टाउको, छातीमा ठूलो घाउ थियो। रासस



दाङमा एक व्यवसायीको हत्या, हत्यामा संलग्न भएको आशङ्कामा एक व्यक्ति पक्राउ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट