PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

माघमा 'न यता न उता'



पहिलोपोस्ट

माघमा 'न यता न उता'

काठमाडौं:  फिल्म 'न यता न उता'को प्रदर्शन मिति तय भएको छ। पछिल्लो समय फिल्मको गीत सार्वजनिक गरेको निर्माण टिमले माघ २५ गते फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको छ।  

फिल्मलाई मिराज रोशले निर्देशन गरेका हुन्। पछिल्लो समय फिल्मको पहिलो गीत सार्वजनिक भएको थियो। फिल्ममा ऋचा शर्मा, छुल्ठिम गुरुङ, मिराज रोश, समिर दीक्षित, बुद्धि तामाङ, रबिन्द्र झा, राजाराम पौडेल, कमलमणी नेपाल, नम्रता सापकोटालगायतको अभिनय छ।

 राजन इशान र मिलन जलानको संगीत रहेको फिल्ममा विक्रम स्वारको कोरियोग्राफी, अरोन अशोक कुमारको छायाँकन, निदेशक मिराज रोशको कथा, अभिमन्यु निरबीको पटकथा तथा सवांद, विपिन मल्लको सम्पादन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell