PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पहिलो चौमासिकमा बजेट खर्च १४ प्रतिशतमात्र



पहिलो चौमासिकमा बजेट खर्च १४ प्रतिशतमात्र

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो चौमासिकमा बजेट खर्च न्यून भएको छ। अर्थमन्त्रालयका सचिव राजन खनालकाअनुसार पहिलो चौमासिकमा जम्मा ८ देखि १४ प्रतिशतमात्र खर्च भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा पूँजीगत खर्च र थप बजेट सम्बन्धमा छलफलका लागि बोलाइएको बैठकमा अर्थसचिव खनालले बजेट खर्चको यस्तै अवस्था रहने हो भने आर्थिक वर्षको अन्त्यसम्ममा ६० प्रतिशतभन्दा पनि कम बजेट खर्च हुने बताएका छन्।

विनियोजित बजेट रोकेर राख्ने र थप बजेट माग्ने प्रवृति बढेको बताउँदै अर्थसचिव खनालले आर्थिक वर्षको अन्त्यमा बजेट खर्च गर्ने प्रबृतिले रकम हिनामिनाको सम्भावना बढी हुने गरेको बताए। ‘मन्त्रालयहरुले विभिन्न शीर्षकमा बजेट खर्च गर्न सक्छन्। तर लाइन मिनिस्ट्री बजेटरी सिस्टममा सम्बन्धित मन्त्रीले एकलौटी रुपमा आयोजना हाल्ने गरेकोले समस्या हुने गरेको छ।’ खनालले भने, ‘एलएमबिएस प्रणाली संशोधन गर्न तयार हुनु पर्छ।’

सांसद सत्या पहाडीले रातो किताबमा कार्यान्वयन नहुने कार्यक्रम पनि राखिँदा बजेट खर्चमा समस्या आउने गरेको बताइन्। यसैगरी सांसद सुरेन्द्र पाण्डेले मन्त्रालयले बजेट छुट्याए पनि सम्बन्धित मन्त्रालयका सचिवहरुले अख्तियारी नदिँदा समस्या आउने गरेको दाबी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell