PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफको पहिलो जित



पहिलोपोस्ट

ए डिभिजन लिग : हिमालयन शेर्पा र एपीएफको पहिलो जित

काठमाडौँ : हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफलले पल्सर सहिद स्मारक ए डिभिजन लिग मा पहिलो जित हात पारेको छ।

हलचोकस्थित एपीएफको मैदानमा भएको खेलमा शेर्पाले सरस्वती युथ क्लबलाई १-० ले हरायो। पहिलो हाफको ३०औँ मिनेटमा विश्वास श्रेष्ठले गरेको गोल नै शेर्पाको जितमा निर्णायक बन्यो।

हिमालयन शेर्पाले पहिलो खेलमा एपीएफसँग बराबरी खेलेको थियो। पहिलो जितपछि दुई खेलबाट शेर्पाले ४ अंक जोडेको छ।

लगातार दुई खेलमा पराजित सरस्वती अझै अंकविहिन छ। सरस्वती पहिलो खेलमा संकटा क्लबसँग पराजित भएको थियो।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले फ्रेण्ड्सलाई १-० ले नै हरायो। एपीएफको जितमा इन्जुरी टाइममा प्रविण स्याङतानले निर्णायक गोल गरे।

पहिलो जितपछि एपीएफले दुई खेलबाट ४ अंक जोडेको छ। पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको फ्रेण्ड्स भने लगातार दोस्रो हारपछि अंकविहिन छ।

यस्तै आजै भएको पहिलो खेलमा संकटाले जावलाखेल युथ क्लबलाई २-० ले हराउँदै लगातार दोस्रो जित हात पारेको छ।

दोस्रो चरणको खेल समाप्तीमा संकटासँगै मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले शतप्रतिसत जित हात पारेका छन्। तीन वटै क्लबले समान ६ अंक जोडेका छन्।

यस्तै विभागीय टोलीहरु नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र हिमालयन शेर्पाले एक जित र एक बराबरीको नतिजापछि समान ४ अंक जोडेका छन्। मछिन्द्रले लगातार दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell