विराटनगर : नेत्रहीन क्रिकेट सङ्घ नेपालले शहीद रङ्गशालामा ‘प्रथम रोनाल्ड म्याकुली कप’ सञ्चालन गर्ने भएको छ। प्रतियोगिता यही मङ्सिर ५ दखि ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगितामा म्याग्दी, झापा, बर्दिया र त्रिभुवन आर्मी क्लब सहभागी हुने सङ्घका केन्द्रीय अध्यक्ष पवन घिमिरेले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए। विश्व नेत्रहीन क्रिकेट परिषदको न्यूनदृष्टियुक्त क्रिकेट खेल नियमानुसार टी-२० ढाँचामा खेल खेलाइनेछ।
यस वर्षदेखि शुरु हुन लागेको सो प्रतियोगितामा ६० खेलाडीले भाग लिने बताइएको छ। प्रतियोगिताको उद्घाटन खेल झापा र बर्दियाबीच हुने कार्यक्रम तय भएको छ। रासस