PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी बनेन : गगन थापा



सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदायी बनेन : गगन थापा
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका युवा नेता गगन थापाले वर्तमान सरकारको नियत र क्षमतामाथि प्रश्न उठेको बताएका छन्।

सोमवार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता थापाले संविधान कार्यान्वयनमा कांग्रेसले जिम्मेबार पुर्ण भुमिका निर्वाह गरेपनि सरकार जनता र प्रतिपक्षी दल प्रति उत्तरदायी र जिम्मेवार नबनेको टिप्पणी गरे। उनले संविधान कार्यान्वयका लागि आवश्यक विधेयक पारित गर्न कांग्रेसले जिम्मेबार ढंगले भुमिका निर्वाह गरेको दाबी गरे। लोकतन्त्रको संरक्षणमा भने सरकारको नियत र क्षमतामा नै प्रश्न उब्जिएकाले नियत र प्राप्त सफलताका बीच कांग्रेसले नयाँ बाटो कोर्न सक्नुपर्ने बताए।

राजनीतिक मस्यौदा समितिका सदस्यसमेत रहेका नेता थापाले कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने भएकाले ‘हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ’ भन्ने ढंगले अघि बढ्नुपर्ने उल्लेख गरे। भने “संविधान कार्यान्वयका सम्बन्धमा कांग्रेस नेता हो। कांग्रेस सत्ता हो। कांग्रेसले देखाउने बाटो अरुले पछ्याउने हो। हामीले गर्ने हो भन्ने कुरालाई स्थापित गर्नुपर्छ। ” उनले नेताहरुमा देखिएको मतभिन्नता, निरासा र सम्पुर्ण किसिमका अलमललाई महासमिति बैठकले चिर्नुपर्ने बताए।

थापाले महासमिति बैठकले संगठन सुदृढीकरण तथा दीर्घकालिन र अल्पकालिन रुपमा अबलम्बन गर्नुपर्ने रणनीतिको साथै राष्ट्रिय र अन्तराष्ट्रिय महत्वका विषयमा प्रभावकारी निर्णय गर्नुपर्ने उल्लेख गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell