PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ए डिभिजन लिग : दश खेलाडीमा झरेर पनि संकटाले जावलाखेललाई हरायो, सेड्रिक अवाले गरे दुई गोल



पहिलोपोस्ट

ए डिभिजन लिग : दश खेलाडीमा झरेर पनि संकटाले जावलाखेललाई हरायो, सेड्रिक अवाले गरे दुई गोल

काठमाडौँ : सिएमजी क्लब संकटाले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ।

दश खेलाडीमा झरेर पनि विदेशी खेलाडी सेड्रिक अबाले दोस्रो हाफमा दुई गोल गरेपछि संकटाले जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको हो।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा म्यासक्वेल १८औँ मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि संकटा दश खेलाडीमा झर्‍यो।

एक खेलाडी कम हुनका बावजुत पनि संकटाले जावलाखेललाई गोल गर्न दिएन। उल्टै दोस्रो हाफमा दुई गोल ठोक्यो। अबाले ५७औँ मिनेट र ८५औँ मिनेटमा गोल गरे।

संकटाले पहिलो खेलमा सरस्वती युथ क्लबलाई हराएको थियो। लगातार दोस्रो जितपछि संकटाले मनाङ मर्स्याङदी र थ्री स्टार समान ६ अंक जोडेको छ।

जावालखेलको भने यो लगातार दोस्रो हो। पहिलो खेलमा ललितपुरे क्लब नेपाल पुलिससँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell