PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

समलिङ्गी प्रेममा बेनिशा र रीमा



पहिलोपोस्ट

समलिङ्गी प्रेममा बेनिशा र रीमा

काठमाडौं: रीमा विश्वकर्मा र बेनिशा हमाल मिल्ने साथिहरु हुन्। इन्डष्ट्रीमा रीमा, बेनिशा र केकी अधिकारीको मित्रताको चर्चा सुनिन्छ। एउटै फिल्मबाट डेब्यू गरेका यी तीन अभिनेत्रीहरु अभिनयमा नै व्यस्त छन्। तर अहिले उनीहरु कुनै नयाँ प्रोजेक्टमा आबद्ध भएका छैनन्।

केकी नयाँ फिल्मको तयारीमा रहँदा बनिशा र रीमाले नयाँ म्यूजिक भिडियोमा अभिनय गरेका छन्। अन्जु पन्तको स्वर रहेको 'मैले भुल्न सकिन' बोलको गीतको भिडियोमा उनीहरु केहि फरक अवतारमा प्रस्तुत भएका छन्। भिडियोमा रीमा र बेनिशाले समलिङ्गी प्रेम प्रस्तुत गरेका छन्।  

मोक्क्ष प्रोडक्सनको प्रस्तुतीमा हेलो नेपाल इन्टरटेनमेन्टले निर्माण गरेको गीतको  भिडियोलाई प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्। 'मन' एल्बममा समावेश गीतमा दर्पण यात्रीको शब्द तथा जीतेन तामाङ लामाको संगीत छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell