PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रकाशको स्मरण गर्दै प्रम ओलीले भने 'शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो'



पहिलोपोस्ट

प्रकाशको स्मरण गर्दै प्रम ओलीले भने 'शोकमा पनि प्रचण्डले असाधरण धैर्यता देखाउनुभयो'

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले पुत्र वियोगको समयमा पनि पुष्पकमल दाहाल प्रचण्डले असाधरण धैर्यता देखाएको बताएका छन्। प्रचण्डपुत्र प्रकाशको निधनको पहिलो वार्षिक तिथिमा आयोजित श्रदाञ्जली कार्यक्रममा ओलीले चुनाबको दबाबको समयमा पनि प्रचण्डले असाधरण धैर्यता देखाएको स्मरण गरे।

प्रकाशको निधनको समयमा तत्कालीन दुई दल नेकपा एमाले र माओवादी केन्द्र चुनावी तालमेलमा थिए। चुनाव प्रचारकै क्रममा दुबै नेता झापा रहेको बेला प्रकाशको निधनको खबर आएको स्मरण गर्दैै ओलीले भने ‘हामी दुबै झापामा थियौं। प्रचण्डलाई फोन आयो। दुखद खबर सुाउनु भयो। मैले पत्याउँनै सकिन। तर नपत्याएर नि भएन। प्रचण्डले शोकमा पनि असाधारण धैर्यता देखाउनुभयो। चुनाब हुँदै थियो। हामी माझ दबाब थियो।’ 

प्रधानमन्त्री ओलीले प्रचण्डको परिवारले असाधारण ढंगले दुखद क्षणको सामना गरेको बताए। ओली प्रचण्डको स्वकीय सचिवका हैसियतले पछिल्ला दिनमा प्रकाशबारे केही जान्ने अवसर आफूले पनि पाएको बताए।

ओलीले अघि भने ‘प्रचण्डको पिएको रुपमा काम गर्न कठिन छ। उहाँको मिलनसारिता सरलता अभुतपूर्व थियो।’

श्रदाञ्जली सभामा ९ मिनेट बोलेका ओलीले श्रदाञ्जली सभा भएकाले राजनीतिक विषयमा टिप्पणी नगर्ने बताए। विरामी भइ अस्पतालबाट डिस्चार्ज भएपछि पहिलोपटक प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell