PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट गृहमन्त्रीले वितरण शुभारम्भ गर्ने



पहिलोपोस्ट

राष्ट्रिय परिचयपत्र आजदेखि बाँडिँदै, पाँचथरबाट गृहमन्त्रीले वितरण शुभारम्भ गर्ने

काठमाडौँः सरकारले बायोमेट्रिक विवरणमा आधारित राष्ट्रिय परिचयपत्र आजदेखि वितरण गर्दैछ। पाँचथरको फिदिमबाट गृहमन्त्री रामबहादुर थापाले परिचयपत्र वितरण कार्यक्रम सुरु गर्दैछन्। फिदिमबाट एक जना र एक उच्च सरकारी अधिकारलाई परिचयपत्र दिएर गृहमन्त्रीले वितरण शुभारम्भ गर्नेछन्।

तीन वर्षभित्र सबै नागरिकलाई परिचयपत्र वितरण गर्ने सरकारको लक्ष्य रहेको छ। आठ वर्षअघि सुरु गरिएको परियोजना लामो समयपछि कार्यान्वयनमा आएको हो।

परिचयपत्र वितरणका लागि हालसम्म करिब ५९ हजारको नाम संकलन भइसकेको छ। पाँचथरमा ५२ हजार र उच्च सरकारी अधिकारीहरु सात हजारको तथ्याङ्क संलकन भइसकेको छ।

सरकारले चार चरणमा परिचयपत्र वितरण गर्दैछ। उद्घाटनलाई पहिलो चरण मानेर दोस्रो चरणमा विभिन्न १५ जिल्लामा परिचयपत्र वितरण हुनेछ। यस्तै तेस्रो चरणमा २५ र चौथो चरणमा बाँकी ३६ जिल्लामा परिचयपत्र वितरण हुनेछ।

वैयक्तिक विवरणसहित राहदानी, भू–स्वामित्व लगायतका विवरणलार्य परिचयपत्रले समेट्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell