PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गल्कोट घुम्टे मञ्चको साधारण सभामा घुम्टे अ‌ंक ५ र 'अस्मी' विमोचित, ढकाल अध्यक्षमा चयन



गल्कोट घुम्टे मञ्चको साधारण सभामा घुम्टे अ‌ंक ५ र 'अस्मी' विमोचित, ढकाल अध्यक्षमा चयन

काठमाडौं: गल्कोट घुम्टे विकास मञ्चको वार्षिक साधारण सभा तथा घुम्टे अंक ५ विमोचन कार्यक्रम सम्पन्न भएको छ।  नेरिक एकेडेमी शंखमुल काठमाडौंमा सम्पन्न साधारण सभाको अवसरमा साहित्यकार मन खत्री सागरको दोस्रो कृति “अस्मी“ उपन्याससमेत विमोचन गरिएको थियो। 

कार्यक्रमको नेपाल मेडिकल कलेज जोरपाटीका सञ्चालक, तथा कलेजोरोग बिशेषज्ञ डा. चित्रलाल भट्टचन गल्कोटबाट काठमाडौमा आई बसोवास गर्ने जेष्ठ नागरिक तथा पूर्व शिक्षक ९७ वर्षीय बलबहादुर बस्नेत र बृद्ध तथा आदर्श आमाको रुपमा ८७ वर्षीया देउकुमारी भण्डारी र लामो गल्कोटमा रहेर स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ६३ वर्षका डा.डम्मरबहादुर थापालाई सम्मान गरिएको थियो।

कार्यक्रममा  गल्कोट समाज जापानका अध्यक्ष दिलु खत्रीले विभिन्न देशलगायत नेपालका विभिन्न जिल्लामा गल्कोटेहरु संगठित भई 'गल्कोट समाज' को रुपमा क्रियाशिल रहेको हुँदा गल्कोट घुम्टे विकास मञ्चले गल्कोट समाज काठमाडौंसँग सहकार्य गर्नुपर्ने बताए। उनले संसारभरका गल्कोटेसँग सम्बन्धित संघसंस्थाहरुको नाम र काममा एकरुपताको साथ सहकार्य गर्नुपर्नेमा जोड दिए। 

त्यस्तै कार्यक्रममा मञ्चका सदस्य खडगबहादुर बस्नेत‚ डा. मणि गौतम, सहिद थिर बम मल्ल मेमोरियल फाउण्डेशनका अध्यक्ष मञ्जेश बम मल्ल, सस्थाका संस्थापक अध्यक्ष बिकेमान सिंहलगायतले समग्र गल्कोटको विकासमा गल्कोट घुम्टे विकास मञ्चले अझै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए। संस्थाका सचिव मिलन केसिले १६ औ शताब्दीदेखि चिनिएको एैतिहासिक गल्कोट क्षेत्र नै गल्कोट घुम्टे विकास मञ्चको कार्यक्षेत्र रहेको बताए। केसीले संघीय संरचनापछि निर्माण भएका नगरपालिका तथा गाउँपालिकाको भरमा कुनै एक पालिकालाई ग्लकोट क्षेत्र मान्नु गलत हुने बताउँदै जनुसुकै पालिकामा रहे पनि समग्र गल्कोटको विकासको लागि मञ्चले जोड दिने बताए।
  
मञ्चका अध्यक्ष मेघ केसीले हालसम्म गल्कोटको विकासमा मञ्चले गरेका गतिविधिबारे प्रकाश पारे। साधारण सभाले प्रशान्त ढकालको अध्यक्षतामा आगामी ३ वर्षको लागि ७ सदस्यीय कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्ष मनबहादुर खत्री, महासचिव थमनबहादुर भण्डारी, सचिव मिलन कंडेल, कोषाध्यक्ष देवेन्द्र सुवेदी चयन गरेको छ। त्यसैगरी सदस्यमा भीमकुमारी शर्मा, सदस्य ईल्सन थापा रहेका छन्। नवनिर्वाचित कार्य समितिले थप ४ जना सदस्यहरुको मनोनयन गरी ११ सदस्यीय कार्यसमिति निर्माण गर्ने छ। कार्यक्रम मञ्चका अध्यक्ष मेघ केसीको अध्यक्षता, सचिव मिलन केसीको स्वागत तथा महासचिव थम्मन भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell