PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ए डिभिजन लिग : ९ महिनापछि मैदान फर्किएका विक्रमको कप्तानीमा थ्री स्टार



पहिलोपोस्ट

ए डिभिजन लिग : ९ महिनापछि मैदान फर्किएका विक्रमको कप्तानीमा थ्री स्टार
१२ नम्वर जर्सीमा विक्रम

काठमाडौँ : खेलाडीको जीवनमा सबैभन्दा ठूलो शत्रु चोट हो। त्यही चोटलाई जित्नु चानुचुने कुरा पक्कै होइन। राष्ट्रिय फुटबल टिमको नियमित सदस्य विक्रम लामा त्यही चोटलाई परास्त गर्दै ९ महिनापछि फुटबल खेल्न मैदान फर्किएका छन्।

अहिले भइरहेको पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत दोस्रो चरणको खेलबाट विक्रमले पुटबलमा पुनरागमन गर्दैछन्। उनले ललितपुरे क्लब थ्री स्टारको कप्तानी पनि सम्हालेका छन्।

गत वर्ष धरानमा भएको बुढासुब्ब गोल्डकपका क्रममा पुलिस विरुद्धको खेलमा खराब ट्याकलको शिखार भएका विक्रमले त्यसयता कुनै पनि प्रतियोगिता खेल्न पाएनन्। उनको खुट्टाको शल्क्रिया नै गर्नुपर्‍यो।

यसबीचमा विक्रममले चोटबाट कसरी फुटबलमा फर्कन सकिन्छ भने धेरै कुरा सिके। तीन महिना थेरापी गरे। केही समयअघि मात्र थाइल्याण्डमा गएर फिजिकल टेष्ट गराए। अहिले पूर्ण रुपमा तयार भएर उनी मैदान फर्किएका छन्।

सातदोबाटवस्थित एन्फा कम्पेक्सको मैदानमा ब्रिगेड ब्वाइज क्लब विरुद्ध विक्रमले क्लबको आर्मब्याण्ड लगाएर फुटबलमा पुनरागमन सुरु गरिसकेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell