PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ए डिभिजन लिग : पुलिस र मछिन्द्रले खेले बराबरी



पहिलोपोस्ट

ए डिभिजन लिग : पुलिस र मछिन्द्रले खेले बराबरी

काठमाडौँ : विभागीय टोली नेपाल पुलिस क्लब मछिन्द्र क्लबले 'पल्सर सहिद स्मारक ए डिभिजन लिग'मा बराबरी खेल्दै अंक बाँडेका छन्।

आइतवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन्।

पहिलो खेलमा जित हात पारेको पुलिसको यो पहिलो बराबरी नतिजा हो। पुलिसले दुई खेलबाट चार अंक जोडेको छ। अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि चार अंक नै छ। पुलिसले पहिलो खेलमा जावलाखेल युथ क्ललाई पराजित गरेको थियो।

लगातार दुई खेल जितेर ६ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब अंकतालिकामा पहिलो स्थानमा छ।

लिगमा मछिन्द्रको यो लगातार दोस्रो बराबरी हो। पहिलो खेलमा च्यासल युथ क्लबलाई पनि गोलरहित बराबरीमा रोकेको मछिन्द्रले दुई खेलबाट दुई अंक नै जोडेको छ।

आइतवारै हुने दोस्रो खेलमा थ्री स्टार र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन्। खेल एन्फा कम्प्लेक्समै हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell