PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेशन्स लिग: इटलीसँग बराबरी खेले पनि पोर्चुगल सेमिफाइनलमा



पहिलोपोस्ट

नेशन्स लिग: इटलीसँग बराबरी खेले पनि पोर्चुगल सेमिफाइनलमा

पोचर्गुल युइएफए नेशन्स कपमा लिग ए अन्तर्गत समूह सी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। इटलीसँग बराबरीमा रोकिए पनि पोर्चुगलले अन्तिम चारको यात्रा तय गरेको छ। पोर्चुगलले समूहमा अझै एक खेल खेल्न बाँकी छ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो नभएपछि पोर्चुगलले इटलीसँग गोलरहित बराबरी खेलेको हो।

बराबरीपछि पोर्चुगलले तीन खेलबाट ७ अंक जोडेको छ। समूहको चारै खेल खेलिसकेको इटली ५ अंकसहित दोस्रो स्थानमा छ। पोल्याण्डको तीन खेलबाट एक अंक मात्र छ। अब अन्तिम खेलमा पोर्चुगलले पोल्याण्डसँग खेल्नेछ। 

नेशन्स लिगको लिग ए मा रहेका चार समूहको विजेताहरु सेमिफाइनल पुग्ने प्रावधान छ।  बाँकी तीन समूहको समूह विजेता छिनोफानो हुन बाँकी छ।

समूह ए बाट जर्मनी, समूह बी बाट आइसल्याण्ड, समूह सी बाट पोल्याण्ड लिग बी मा रेलिगेट भइसकेको छ। समूह ए मा फ्रान्स (७) नेदरल्याण्ड्स (६) पहिलो र दोस्रो स्थानमा छ। अब नेदरल्याण्ड्सले अन्तिम खेलमा जर्मनीसँग खेल्दैछ। उक्त खेलमा नेदरल्याण्ड्सले बराबरी खेलेपनि फ्रान्सलाई गोलअन्तरमा पछि पार्दै समूह विजेता बन्नेछ।

यस्तै समूह बी शीर्ष स्थानको बेल्जियम (९) ले दोस्रो स्थानको स्वीट्जरल्याण्ड (६) सँग खेल्नेछ। बेल्जियमलाई समूह विजेता बन्न बराबरी नै काफी छ। स्वीट्जरल्याण्ड्ले भने विजेता बन्न बेल्जियमलाई हराउनैपर्ने बाध्यता छ।

यस्तै समूह डी मा स्पेन ६ अंङ्क सहित समूहको शीर्ष स्थानमा छ। इंगल्याण्ड र क्रोएसियाको समान ४ अंक छ। स्पेनले सबै खेल खेलिसकेको ५ भने इंग्ल्याण्ड र क्रोएसिया अन्तिम खेलमा भिड्दैछन्। उक्त खेल जित्ने टिम समूह विजेता बन्नेछ। यदी यो खेल बराबरीमा सकिए स्पेन समूह विजेता बन्नेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell