PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पञ्च भेलाको उदण्डताः मोबाइल चोरीको बात लागेका युवालाई कपाल मुण्डन गरी जुत्ताको माला, फरार पञ्च खोजी गर्दै प्रहरी



राधेश्याम पटेल

पञ्च भेलाको उदण्डताः मोबाइल चोरीको बात लागेका युवालाई कपाल मुण्डन गरी जुत्ताको माला, फरार पञ्च खोजी गर्दै प्रहरी
फोटोः ओमप्रकाश चौधरी

वीरगंजः पर्सामा एक युवकलाई सामाजिक दण्ड अन्तर्गत कपाल मुण्डन गरी दुर्व्यवहार गरिएको छ। मोबाइल चोरी गरेको अभियोगमा गाउँमै पक्राउ परेको युवकलाई गाउँकै भद्रभलद्मी तथा पञ्चहरूले यस्तो दुर्व्यवहार गरेका हुन्।

जिराभवानी गाउँपालिका –१ महादेवपट्टिमा शनिबार यस्तो घटना भएको पर्सा प्रहरीले जनाएको छ।

महादेवपट्टिस्थित पिपराटोलका १७ वर्षीय युवक विक्रम महतोलाई पञ्चायतको निर्णयबाट कपाल मुण्डन गरी जुत्ताको माला लगाइएको प्रहरीमा मौखिक उजुरी परेपछि निर्णय गर्ने पञ्चहरुको खोजी कार्य भइरहेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए।

युवकले मणिलाल साहको घरबाट मोबाइल चोरी गरेको अभियोग प्रमाणित भएपछि उनीविरुद्ध बसेको पञ्चायतले यस्तो निर्णय गरेको थियो।

गाउँका १० जनाभन्दा बढी व्यक्तिहरु यस्तो कार्यमा संलग्न रहेको पीडित युवक पक्षले बताएको छ। पर्सा प्रहरीमा मौखिक उजुरी परेपछि पञ्चहरुको खोजी कार्य भइरहेको छ। प्रहरीले खोजी गरेपछि पञ्चहरु फरार भएका छन्।

पञ्चका परिवारले चोरीको अभियोग लागेका महतोका बाबुसँग प्रहरीमा उजुरी नगर्ने आशयको पत्रमा सही सनाखत गराएको स्थानीयले दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell