PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मालदिभ्सको राष्ट्रपतिमा सोलिहको सपथ, विश्वमा आज



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मालदिभ्सको राष्ट्रपतिमा सोलिहको सपथ, विश्वमा आज

मालदिभ्समा नयाँ राष्ट्रपति 

सेप्टेम्बरमा भएको मालदिभ्सको राष्ट्रपतीय निर्वाचनमा बहुमत प्राप्त गरेका इब्राइम मोहम्मद सोलिहले राष्ट्रपति पदको सपथ लिएका छन्। 

सोलिह मालदिभ्सका शक्तिशाली नेता अब्दुल्लाह यमीनलाई पराजित गरी राष्ट्रपति बनेका हुन्। यमीनलाई चीनको बलियो समर्थन रहेको थियो भने सोलिहलाई भारतीय समर्थन रहेको बताइन्छ। 



राजधानी मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा आयोजना भएको सपथ ग्रहण समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए।  मोदीको उपस्थितिलार्इ मालदिभ्समा भारतको प्रभाव बढ्ने संकेतका रुपमा हेरिएको छ। 

मालदिभ्सले झण्डै ८० प्रतिशतभन्दा बढी कर्जा चीनसँग लिएको अवस्थामा भारत तथा यूरोपेली मुलुकहरूको समर्थन रहेका सोलिहको सत्ता आगमनलाई विशेष चासोका साथ हेरिएको छ। 


४३ सिरियालीको मृत्यु



अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा हवाई आक्रमण गर्दा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संगठनले जनाएको। मृत्यु हुनेमा अधिकांश सर्वसाधारण छन्। हवार्इ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो। अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस-अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ। 

ट्रम्प क्यालिफोर्निया जाने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगलागीका कारण प्रभावित क्यालिफोर्निया राज्यको निरिक्षण गर्ने भएका छन्। अहिलेसम्म यस आगलागीका कारण कम्तीमा ६३ जनाको मृत्यु भइसकेको छ। यस्तै आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी बेपत्ता रहेको बताइएको छ। खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्नसक्ने बताइएको छ। 

आमासहित चार बच्चाको मृत्यु

 


आगलागीमा परी नाइजेरियामा आमा र बच्चासहित कम्तीमा पाँच जनाको मृत्यु भएको छ। नाइजेरियाको उत्तरपश्चिमी केब्बी राज्यामा भएको सो आगलागीबाट आमासहित उनका तीन र अन्य एक बच्चाको जलेर मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्। आपतकालिन व्यवस्था निकायका प्रदेश प्रमुख सानी डोडोडोले विद्युतीय हिटरबाट आगलागी भएको बताए।

 
तस्विर: TREND.AZ/TIME/MEA/DEADLINE



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell