PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टी-१० लिग खेल्ने सन्दीप भोली युएई जाने, बने सुट द्याट फिट्सको ब्राण्ड एम्बासडर

टी-१० लिग खेल्ने सन्दीप भोली युएई जाने, बने सुट द्याट फिट्सको ब्राण्ड एम्बासडर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने युएईमा हुने टी-१० लिग खल्ने भोली त्यसतर्फ प्रस्थान गर्दैछन्।

उनी आइतवार बिहान ९:१० बजे एतिहासड एअरवेजबाट जाँदैछन्। नोभेम्वर २१ देखि डिसेम्वर २ सम्म आयोजना हुने प्रतियोगितामा सन्दीपले केरला किंग्सबाट खेल्नेछन्। केरला साविक विजेता समेत हो।

यसैबीच १८ वर्षीय सन्दीपलाई आफ्नो कम्पनीको प्रमोसनका लागि ब्राण्ड एम्बासडर बनाउहरुको भिडमा अर्को कम्पनी पनि थपिएको छ।

सुट द्याट फिट्स प्रालीले शनिवार सन्दीपलाई ब्राण्ड एम्बासडर घोषणा गरेको छ। सन्दीपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्रिकेट खेलेरै देशको नाम उचो बनाएकोले उनलाई एम्बासडर बनाएको कम्पनीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell