PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रत्नजित सातौं पटक च्याम्पियन



पहिलोपोस्ट

रत्नजित सातौं पटक च्याम्पियन

काठमाडौँ : नेपाली सेनाका रत्नजित तामाङले पुष्पलाल स्मृति राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा लगाता सातौँ पटक पुरुष एकलको उपाधि जितेका छन्।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार सम्पन्न प्रतियोगिताको आठौँ संस्करणममा रत्नजितले एपीएफका दिपेश धामीलाई २१-११, २१-१६ ले हराए।

महिला एकलतर्फ सेनाकी नङ्गशल देवी तामाङले सेनाकै रशिला महर्जनमाथि जित हात पार्दै उपाधि जितिन्। गत वर्ष जेशिका गुरुङसंग पराजित भएकी नङ्गशलले प्रतिस्पर्धात्मक फाइनलमा महर्जनलाई २२-२०, १५,-२१ र २१-१८ ले पराजित गरिकन्।

एकल विधामा च्याम्पियन बनेका तामाङ दिदीभाईले नगद ५०-५० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे। यस्तै उपविजेता बनेका दिपेश र रशिलाले नगद २० प्राप्त गरे।

पुरुषतर्फ तेस्रो भएका सेनाका नविन श्रेष्ठ र रुकेश महर्जन तथा हिलातर्फ तेस्रो भएका शोभा गौचन र जेशिका गुरुङले समान १० हजार हात पारे।

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलतर्फ पनि सेनाका रत्नजित तामाङ नवीन श्रेष्ठसँग मिलेर च्याम्पियन बने। यो जोडीले फाइनलमा एपीएफका दिपेश धामी र बिजित थापा मगरको जोडीलाई २२-२०, २०-२२, २१-११ ले हरायो। सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपीएफका गौतम कठायत र सुनिल जोशी संयुक्त रुपमा तेस्रो भए। शीर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजार प्राप्त गरे।

महिला युगलतर्फ एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङको जोडीले उपाधी हात पार्‍यो। श्रेष्ठ र गुरङको जोडीले सेनाका नङ्गशल तामाङ र रशिला महर्जनको जोडीलाई २१-१३, २१-१४ को सेटमा राए। च्याम्पिनय जोडीले नगद २० हजार, उपविजेताले १० हजार पाए। तेश्रो भएका जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५-५ हजार प्राप्त गरे।

यसैगरी यू- ब्वाइजतर्फ दुवई जुनियर अन्तर्राष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१-१६, २१-५ को सेटमा हराउँदै उपाधि जिते। यू-१७ गर्ल्समा सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१-५, २१-५ ले हराउदै उपाधि जितिन्। तीन विधामा फाइनल पुगेपनि रशिला एउटामा मात्र च्याम्पियन भइन्।

यू-१७ का विजताले नगद १५ तथा उपविजेताले ७ हजार हात पारे। यू-१७ ब्वाइजमा तेस्रो भएका जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पा तथा गर्ल्समा तेस्रो भएका मोरङ्गका रोज पाण्डे र सिमा राजबंशीले नगद ५-५ हजार पाए।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङको जोडीले जेष्टका नवीन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीलाई १६-२१, २१-१६, २१-१६ को सेटमा पराजित गर्दै उपाधि जिते। जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी तेस्रो भए। शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५-५ हजार पाए।

वियजी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell