PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकार खशोग्गीको हत्या साउदी राजकुमारको निर्देशनमा : सीआइए



पत्रकार खशोग्गीको हत्या साउदी राजकुमारको निर्देशनमा : सीआइए
फोटो: NEWSTALK

वासिङटन : अमेरिकी अनुुसन्धान संस्था सीआइएले पत्रकार जमाल खशोग्गीको हत्या साउदी अरेबीयाका राजकुमार मोहम्मद बीन सलमानको निर्देशनमा भएको निष्कर्ष निकालेको बीबीसीले उल्लेख गरेको छ। 

विस्तृत रुपमा गरेको अनुसन्धानबाट प्राप्त प्रमाणहरुका आधारमा सीआइए त्यो नतिजामा पुगेको बताइएको छ। 

हत्यामा 'नो स्मोकिङ गन' प्रयोग भएको भन्दै त्यस्ता हतियार प्रयोग गर्न उच्च तहको अनुमति चाहिने सिआइएको तर्क छ।

साउदी अरेबियाले भने सीआइएको उक्त आरोपको खण्डन गर्दै राजकुमार सलमानलार्इ हत्याका बारे केही थाहा नभएको बताएको छ।

राजकुमार मोहम्मदका भाइ खालिद बिन सलमानले खशोग्गीसँग गरेको फोन कुराकानीमा आधारित भएर गरेको अनुसन्धानबाट हत्यामा  राजकुमारको प्रत्यक्ष संलग्नता रहेको देखिएको खशोग्गी कार्यरत वासिङटन पोस्टले जनाएको छ। तर साउदी दुतावासले भने खालिदले त्यस सम्बन्धमा केही कुरा नगरेको स्पष्ट पारेको छ। 

केही दिनमात्रै एक विज्ञप्ति निकाल्दै साउदीले हत्यामा राजकुमार संलग्नतमा नरहेको बताएको थियो। यस्तै हत्या एक उच्च तहको एजेन्टको निर्देशनमा भएको बताएको थियो। 

गत अक्टोबर २ मा टर्कीको इस्तानबुल स्थित साउदीको वाणिज्य दुतावासमा गएका खशोग्गीको दुतावास भित्रै हत्या भएको थियो। पहिला त हत्या भएको अस्वीकार  गरेको साउदीले चर्को दबाब पछि मात्रै दुतावास भित्र झडपका क्रममा खोश्ग्गीको हत्या भएको स्वीकार गरेको थियो। 

खशोग्गीको शव हाल सम्म फेला परेको छैन। टर्की सरकार र खशोग्गीका परिवारले खशोग्गीको शवका बारेमा जानकारी दिन साउदीलार्इ आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell