PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मन्त्रिपरिषदको सूचना रोक्न केन्द्रको सरकार लागिरहँदा प्रदेश एकका मन्त्री भन्छन् : तत्काल सार्वजनिक गर्छौं



पहिलोपोस्ट

मन्त्रिपरिषदको सूचना रोक्न केन्द्रको सरकार लागिरहँदा प्रदेश एकका मन्त्री भन्छन् : तत्काल सार्वजनिक गर्छौं

विराटनगर : प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले गरेका निर्णय तत्काल सार्वजनिक गर्ने जानकारी दिएका छन्।

नेपाल पत्रकार महासङ्घ मोरङ र फ्रिडम फोरमको संयुक्त आयोजनामा भएको पत्रकारको सुरक्षासम्बन्धी कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले प्रदेश सरकारका निर्णय तत्काल सार्वजनिक गर्ने बताएका हुन्।

सङ्घीय सरकारले मन्त्रिपरिषद्का निर्णय ७ दिनपछि मात्र सार्वजनिक गर्ने भनी गरेको घोषणा सर्वत्र आलोचित भइरहेका बेला प्रदेश सरकारका प्रवक्ताले तत्काल सार्वजनिक गर्ने जनाएका हुन्।

‘हामीले अहिलेसम्म बैठक सकिने बित्तिकै सञ्चारकर्मी मित्रलाई बोलाएर सरकारका निर्णय सार्वजनिक गरिआएकै छौँ’, प्रवक्ता कार्कीले भने, ‘हामी यो परम्परालाई निरन्तरता दिने छौँ। कहिलेकाहीँ बोलाउन ढिलो भएको होला तर सकेसम्म हामी यथासमयमै काम होस् भन्ने चाहन्छौँ। हाम्रा समाचार प्राप्त गर्न तपाईंहरूले एक मिनट पनि कुर्नुपर्दैन।’

‘हो कतिपय निर्णयलाई ‘म्याचुरिटी’ चाहिन्छ’, उनको भनाइ थियो, ‘संसारभरिमै यस्तो अभ्यास छ। यसमा आधारहरू छन्। तर म्याचुरिटी नचाहिने निर्णयहरू तत्काल सार्वजनिक गर्नु उचित हुन्छ। पर्खंदा राम्रै हुन्छ।’

प्रदेश सरकारले म्याचुरिटीका नाममा सबै निर्णय गोप्य नराख्ने उनको प्रतिबद्धता थियो।

आआफ्ना कमीकमजोरी सबैलै स्वीकार गर्न सक्नु पर्ने आग्रह गर्दै उनले भने, ‘सयमा सय हामीले पनि राम्रो गर्न सकेका छैनौँ, सयमा सय तपाईंहरूले पनि ठीक लेख्नुभएको छैन। यो सत्यलाई स्वीकार गर्न सक्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell