PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धनगढीमा २७ वर्षीय युवकको हत्या, हत्या अभियोगमा समातिए आशिष सेठी



एम बम

धनगढीमा २७ वर्षीय युवकको हत्या, हत्या अभियोगमा समातिए आशिष सेठी

कैलाली : धनगढीमा गएराति एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–४ स्थित प्रदेश प्रमुखकको कार्यालय नजिकै रहेको कलश होटेलको परिसरमा राति करिब ९ बजे धनगढीकै खानेपानी कार्यालय नजिकै बस्ने अन्दाजी २७ वर्षीय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए।

सेती अंचल अस्पताल पुराएलगत्तै उनको मृत्यु भएको थियो। हत्या आरोपमा धनगढी उप–महानगरपालिका वडा नम्बर – ४ कै आशिष सेठीलाई पक्राउ गरिएको उनले जानकारी दिए। उनी लागू औषध मुद्दामा फरार अभियुक्त समेत रहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। घटना प्रकृति र प्रारम्भिक अनुसन्धानअनुसार हत्या गरिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको र पोष्टमार्टम रिर्पोट पछि थप तथ्य पत्ता लाग्ने प्रहरी प्रहरी नायव उपरीक्षक ओलीले बताए। घटनास्थल सिल गरेर आज बिहान प्रहरीले मुचुल्का उठाएको छ। होटेलको पछाडि सिंडीमा समेत रगत बगेको छ। 

होटेल संचालक लोकराज उप्रेतीले राती करिब ८ बजेतिर नै आफू होटेल बन्द गरेर गइसकेको र घटनाबारे केही जानकारी नभएको बताएका छन्। आज बिहान घरवेटीले बोलाएपछि उनले होटेलमा पुगेको र त्यसपछि मात्रै घटनाबारे जानकारी पाएको बताए। होटेल बन्द गर्नुअघि दुई युवा आएर दुई क्वाटर डाइमण्ड जिन किनेर गएपछि होटेल बन्द गरेर घर गएको उनको भनाइ छ। ती दुई युवाको नाम थाहा नभएको तर अनुहार देखेपछि चिन्ने उनले बताए। 

घरधनी ज्ञानेन्द्र चौधरीले आफू भित्र सुतिरहेको र एक्कासी ठूलो आवाज र हल्ला सुनेपछि बाहिर आउँदा युवा लडेको तथा रगत आउँदै गरेको र अर्का युवकले घिसार्दै लगेको देखेपछि प्रहरीलाइ खबर गरेको बताए। केही समयपछि प्रहरी टोली घटनास्थल पुगेर युवकलाइ पक्राउ गरी घाइतेलाई अस्पताल लगेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell