PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेशन्स लिग : विश्व विजेता फ्रान्सलाई नेदरल्याण्ड्सले हरायो



पहिलोपोस्ट

नेशन्स लिग : विश्व विजेता फ्रान्सलाई नेदरल्याण्ड्सले हरायो

विश्व विजेता फ्रान्सलाई युइएफए नेशन्स कपमा पराजित गर्दै १५ खेलको अपराजित यात्रा समेत टुङ्गाइदिएको छ। नेशन्स लिग अन्तर्गत लिग ए को समूह ंए को खेलमा डच टोलीले फ्रान्सलाई २-० ले पराजित गरेको हो।

नेदरल्याण्ड्सले दुवै हाफमा एक-एक गोल गरेको थियो। उसका लागि मेमफिस डिपाए र जर्जियाओ विज्नालडमले गोल गरे। जितपछि नेदरल्याण्ड्सले ३ खेलबाट ६ अंक जोडेको छ र समूह विजेता बन्ने सम्भावना समेत कायमै राखेको छ। सबै ४ खेलपछि खेलिसकेको फ्रान्स अझै ७ अंकका साथ समूहको शीर्ष स्थानमा छ। डचको जितपछि पूर्व विश्व विजेता जर्मनी भने यस समूहबाट एक खेल अघि नै रेलिगेट भंएको छ। जर्मनीको ३ खेलबाट १ अंक मात्र छ। जर्मनी अब लिग ए बाट लिग बी मा जरेको छ।

अब समूहको अन्तिम खेलमा नेदरल्याण्ड्सले जर्मनीसँग खेल्नेछ र उक्त खेल बराबरी गरे मात्र पनि नेदरल्याण्ड्स समूह विजेता बन्नेछ। नेदरल्याण्ड्स पराजित भएमा भने प्रान्स समूह विजेता हुनेछ।

यस्तै लिग बी अन्तर्गत समूह ए को खेलमा स्लोभाकियाले युक्रेनलाई ४-१ ले तथा समूह डी को खेलमा डेनमार्कले वेल्सलाई २-१ ले पराजित गरेको छ। हारका बावजुतपनि युक्रेन ७ अंक जोड्दै समूह विजेता बनेको छ। यस्तै डेनमार्क पनि समूह विजेता बनेको छ। दुवै राष्ट्र लिग ए मा बढुवा भएको छ।

बढुवा र घटुवा हुने राष्ट्रहरुले अर्को संस्करणको नेशन्स लिगमा नया लिगमा रहेर खेल्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell