PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आर्मीकी रशिला तीन विधाको उपाधि नजिक, पुरुष एकल फाइनलमा रत्नजित र दिपेश भिड्ने



आर्मीकी रशिला तीन विधाको उपाधि नजिक, पुरुष एकल फाइनलमा रत्नजित र दिपेश भिड्ने

काठमाडौँ : त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन योनेक्स सनराईज आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको तीन विधामा उपाधि नजिक पुगेकी छिन्। महर्जन महिला एकल र युगल तथा यू-१७ गर्ल्स तीन वटै स्पर्धाको फाइनलमा पुगेकी हुन्।

यस्तै पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङ र एपीएफका दिपेश धामीले फाइनल भिडन्त पक्का गरेका छन्।

महिला एकलको उपाधिका लागि रशिलाले नङशल देवी तामाङसँग तथा यू-१७ फाइनलमा आर्मीकै रन्जना भट्सँग खेल्नेछिन्।

शुक्रवार भएको सेमिफाइनलमा रशिलाले महिला एकल साविक विजेता एपीएफकी जेशिका गुरुङलाई २१-१३, २१-११ ले पारजित गर्दै फाइनलमा स्थान बनाइन्। यस्तै नङ्गशलले पनि एपीएफकै शोभा गौचनलाई २१-१२, २१-८ ले हराइन्।

यस्तै रशिलाले यू-१७ गर्ल्सतर्फ मोरङ्गकी रोज पाण्डेलाई २१-९, २१-६ को सेटमा पराजित गरिन् भने रञ्जना भट्टले मोरङ्गकै सिमा राजबंशीलाई २१-१६, २१-१५ ले हराइन्।

यसैगरि रशिलाले नङ्गशल तामाङ्गसंग मिलेर महिला युगलतर्फ जेष्टकी सिता राई र बाँकेकी संझना शर्माको जोडीलाई २१-११, २१-११ को सेटमा हराए। रशिला र नङ्गशलले फाईनलमा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङसँग खेल्नेछन्।

पुजा र जेशिकाको जोडीले सेनाका अमिता गिरी र अनुमाया राईको जोडीलाई २१-१४, १७-२१, २१-१३ ले पराजित गरे।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष एकलतर्फ आर्मीका रत्नजित तामाङले आर्मीकै रुकेश महर्जनलाई २१-११, २१-१४ ले हराउँदै फांइनलमा स्थान बनाए। यस्तै रत्नको फाइनलमा भेट हुने प्रतिस्पर्धी एपीएफका दिपेश धामीले बर्मीका नवीन श्रेष्ठलाई २१-१७, २१-६ ले पराजित गरे।

पुरुष युगलतर्फ पनि रत्नजितको जोडी फाइनल पुगेको छ। आर्मीका रत्नजित र नविन श्रेष्ठको जोडीले फाइनलमा एपीएफका दिपेश धामी र विजित थापा मगरको जोडीसंग खेल्नेछ।

रत्न र नवीनको जोडीले आर्मीकै रुकेश महर्जन र प्रफुल महर्जनलाई २१-१५, २१-१९ ले तथा दिपेश र विजितको जोडीले एपीएफकै गौतम कठायत र सुनिल जोशीको जोडीलाई २१-१७, १९-२१, २१-१८ ले हराए।

यस्तै यू-१७ ब्वाइजतर्फ अन्तर्राष्ट्रिय स्वर्ण पदकधारी प्रिन्स दाहालले जेष्टका प्रियांन्सु सिंह क्षेत्रीलाई २१-१२, २१-९ ले हराउदै फाइनलमा स्थान बनाए। उनले फाइनलमा जेष्टकै पेम्बा शेर्पालाई २१-१४, १५-२१, २१-१२ ले पराजित गरेका आर्मीका दिवस शंकरसंग प्रतिस्पर्धा गर्नेछन्।

मास्टर्स ४५ बर्व माथीको खेलमा आर्मीका सुभाष श्रेष्ठ र भूमि गुरङको जोडीले जेष्ट ब्याडमिन्टनका अनुज पौडेल र प्रेम घलेको जोडीलाई २१-१५, २१-१७ ले पराजित गर्दै फाइनलमा स्थान बनाए। अर्को खेलमा जेष्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडीले ललितपुरका सुनिल मान शाक्य र पूर्ण भक्त चित्रकारको जोडीलाई २१-११, २१-११ ले हराउँदै फाइनलमा स्थान बनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell