PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

डीपीएल माघ १९ गतेदेखि हुने, रुस्लानसँगको प्रायोजन सम्झौतामा वृद्धि



पहिलोपोस्ट

डीपीएल माघ १९ गतेदेखि हुने, रुस्लानसँगको प्रायोजन सम्झौतामा वृद्धि

काठमाडौँ : धनगढी प्रिमियर लिग (डीपीएल) टी-२० को तेस्रो संस्करण आगामी माघमा हुने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले शुक्रवार काठमाडौँ पत्रकार सम्मेलन गर्दै डीपीएल ३ माघ १९ देखि फागुन ४ सम्म फाप्ला क्रिकेट मैदानमा सञ्चालन हुने जानकारी दिएको हो।

नेपालको क्रिकेट इतिहासमा पहिलो पटक प्लेअर अक्सन (खेलाडी लिलामी) गरेर दुई वर्षअघि देखि डीपीएलको नामबाट टी-२० फ्रेन्चाइज प्रतियोगिता आयोजना गरेको हो।

नेपालका विभिन्न ६ शहरको नामबाट राखिएको टिमले नै डीपीएलमा ३ मा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको कूल लगात ५ करोड रहेने आयोजकले जनाएको छ।

सहभागी ६ टिमले राउण्ड रोविन लिगमा खेल्नेछन्। त्यसपछि शीर्ष चारमा रहने टोली प्लेअफ पुग्नेछ। लिगमा पहिलो र दोस्रो हुने टिमबीचको विजेता फाइनल पुग्नेछ र त्यमसा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको विजेतासँग फाइनल प्रवेशका लागि फेरी खेल्नेछ।

डीपीएल ३ मा कूल १९ खेल हुनेछन्।

डीपीएल जस्तै नेपालमा एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग समेत भएको छ। जसमा बढी पुरस्कार राख्ने होडबाजी चलिरहेको छ। यस पटक डीपीएमा पनि पुरस्कार वृद्धि हुन्छ त भन्ने प्रश्नमा डीसीएका अध्यक्ष सुवास शाहीले पुरस्कार रकम बढाउने तिर नलाग्ने र व्यवसायिकतामा ध्यान दिने बताए।

 

रुस्लानसँगको प्रायोजन सम्झौतामा वृद्धि

यसैगरी डीपीएल ३ को मुख्य प्रायोजको रुपमा विजय डिस्टीलरीको रुस्लानले नै निरन्तरता पाएको छ।

रुस्लानले आयोजक डीसीएसँग टाइटल स्पोनसर वापत १ करोड १० लाख बराबरको सम्झौता गरेको छ। गत वर्षको भन्दा यो ४० लाखले बढी हो।

नगद र अन्य विविध विषयमा गरेर यो सम्झौता भएको हो। त्यसमा हामी ८० प्रतिशत क्यास हुनेछ भने बाँकी प्रमोसनल इभेन्टहरुको लागि खर्च हुनेछ। आयोजक डीसीएलका अध्यक्ष सुवास बहादुर शाहीले भने। सम्झौता पत्रमा आयोजकको तर्फबाट शाही र विजय डिस्टीलरीका चिफ फाइनान्स अफिसर (सीएफओ) सतिस करणले हस्ताक्षर गरे।

'डीपीएलसँग फेरी आबद्ध हुन पाउदा हामी एकदमै खुशी छौँ। रुस्लान क्रिकेटले सिएसआर अन्तर्गत नेपालको क्रिकेट विकासमा सहयोग गरिरहेको छ।' कर्णले भने। 'हामीले यस पटक प्रायोजन रकममा समेत वृद्धि गरेका छौँ। कुनै पनि खेलकुदका लागि हामीले गरेको यो सर्वाधिक रकमको स्पोनसर हो। हामी डीपीएलसँगको सहभार्य भविष्यमा पनि जारी राख्नेछौँ।' उनले भने।

यस्तै डीसीएका अध्यक्ष शाहीले सन् २०१० बाट एसपीए कप प्रतियोगिता  सुरु गर्दाको क्षण स्मरण गर्दै सबैको टिम इपोर्टले यहाँसम्म आइपुगेको प्रतिक्रिया दिए। 'हामी सबैको निरन्तर प्रयासले गर्दा यहाँसम्म आइपुगेका छौँ। यो धनगढीको मात्र नभएर समग्र नेपलीको प्रतियोगिता बनेको छ। हामी इभेन्ट अर्गनाइजर भन्दा पनि इम्प्याक्ट क्रिएटर हौँ र त्यसमा सफल पनि भइरहेका छौँ। देशभरी नै क्रिकेटको माहोल विकास भएको छ। अझैपनि गर्नु धेरै छ यो सुरुवात मात्र हो।' शाहीले भने। 'एज ए क्रिकेटिङ नेशन हामीले अब विश्वकप जित्नुपर्छ भनेर अगाडी बढ्नुपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell