PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फ्राइडे रिलिजमा तीन नेपाली फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा तीन नेपाली फिल्म

काठमाडौं:  यो साता शुक्रबार प्रदर्शन अन्तर्गत तीन फिल्म प्रदर्शनमा छन्। 'गुनगुन', 'दैलो' र 'अनुग्रह' प्रदर्शनमा आएका तीन नेपाली फिल्म हुन्।

फिल्म 'गुनगुन'मा अभिनेत्री सञ्चिता लुईटेलको मुख्य अभिनय छ। एक्सन नायक निखिल उप्रतीसँग विवाह गरेपछि पनि उनले फिल्मलाई निरन्तरता दिइरहेकी छिन्।



दुई सन्तानकी आमा सञ्चिता अभिनित फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन्। फिल्ममा सञ्चितासँगै रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ लगायतको अभिनय छ। फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ।

यस्तै, प्रदर्शनमा आएको अर्को फिल्म हो 'अनुग्रह'। फिल्मलाई कुमार केसीले निर्देशन गरेका हुन्। फिल्ममा कलाकार आरती गुप्ता, सञ्जय न्यौपाने, राजन गिरी, दीपशिखा सिलवालको अभिनय छ। फिल्ममा विक्रम डीसीको छायाँकन, तारा थापाको सम्पादन, नवीन सुब्बाको संगीत छ। फिल्मले सामाजिक मुद्दा उठाएको निर्माण टिमले बताएको छ।

फिल्म 'दैलो'लाई सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेका हुन्। फिल्ममा बिमल भट्टराईको छायाँकन र तारा थापाको सम्पादन छ। जमुना देवी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दुर्गा साउद, विकाश चापागाईं, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ।

यो साता हलिउड फिल्म 'फ्यान्टास्टिक विएट्स - द क्राइम्स अफ ग्रिन्डेवाल' समेत प्रदर्शनमा आएको छ। एड्भेन्चर विधामा फिल्म उक्त फिल्म भिड एट्सले निर्देशन गरेका हुन्। फिल्ममा एडि रेडमेन, काथ्रीन वाटर्सन र जुड लको अभिनय छ।


 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell