PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

शिक्षामा परिवर्तन न्युयोर्कमा होइन, नेपालजस्तो देशमा हुनुपर्‍यो : राष्ट्रसंघका उप महासचिव मोहम्मद



पहिलोपोस्ट

शिक्षामा परिवर्तन न्युयोर्कमा होइन, नेपालजस्तो देशमा हुनुपर्‍यो  : राष्ट्रसंघका उप महासचिव मोहम्मद

काठमाडौं : ग्लोवल क्याम्पियन फर एजुकेशनको विश्व सम्मेलन नेपालमा सुरु भएको छ। काठमाडौंमा सुरु भएको सम्मेलनमा संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना जे मोहम्मदले शिक्षा संकटमा भएको भन्दै शिक्षा सबैको अधिकार भएको बताइन्। उनले शिक्षा परिवर्तनशील हुनुपर्ने भन्दै समय सापेक्ष रुपमा शिक्षालाई परिवर्तन गर्दै लैजानुपर्ने बताइन्। यो परिवर्तन सामुहिक सहकार्यबाट हुन सक्ने उनको भनाइ थियो। 
उपमहासचिव मोहम्मदले सबै राजनीतिक प्रक्रियामा सहभागितालाई जोड दिइन्। 

उनले आवश्यकता अनुसार शिक्षा अझै पनि प्रदान गर्न नसकिएको बताइन्। ‘हामीसँग धेरै संस्थाहरु छन्, धेरै प्रतिवद्धताहरु छन् तर पनि आवश्यकता अनुसार अगाडि बढ्न सकिएको छैन,’ उनले भनिन्। 

उनले राष्ट्र संघले शिक्षामा परिवर्तन खोजेको बताउँदै भनिन्, ‘यो परिवर्तन हेटक्वाटरमा होइन्, न्यूयोर्कमा होइन्। नेपाल जस्ता देशहरुमा हुनुपर्छ।’ उनले स्थानीय स्तरमा र राष्ट्रहरुको आवश्इकता अनुसार शिक्षाका चुनौतीहरु रहेको भन्दै सोही अनुरुप सम्बोधन गरिनुपर्ने बताइन्। 

उनले निजीकरण बढिरहेको अवस्थामा शिक्षालाई सार्वजनिक सम्पती र अधिकारको रुपमा रक्षा गर्नुपर्ने बताइन्। उनले शिक्षामा निजीकरणको खतरा रहेकोसमेत बताइन्। उनले २१ औँ सताब्दीको आवश्यकता अनुसार शिक्षा पनि समय सापेक्ष हुने आशा व्यक्त गरिन्। 

कार्यक्रममा बोल्दै राष्ट्र संघको बालिका शिक्षा अभियानकी निर्देशक नोरा फ्लाइले लैंगिक शिक्षाका लागि प्रणालीको विकास गर्नुपर्ने बताइन्। उनले नागरिक समाजले सबै शैक्षिक क्षेत्रमा लैंगिक सहभागिताका लागि महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। 

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सामाजको समग्र विकासमा शिक्षाले सहयोगीको भूमिका खेल्नुपर्ने बताए। ‘शिक्षाले हुने खाने र हुँदा खानेबीचको खाडल पूर्ण भूमिका खेल्नुपर्छ,’ उनले भने।

सम्मेलन भोलिसम्म चल्ने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell