PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेशन्स लिग : जेडभाजले इन्जुरी टाइममा गोल गरेपछि क्रोएसियाले स्पेनलाई हरायो



पहिलोपोस्ट

नेशन्स लिग : जेडभाजले इन्जुरी टाइममा गोल गरेपछि क्रोएसियाले स्पेनलाई हरायो

युइएफए नेशन्स कपमा अन्तर्गत लिग ंए को समूह डी को खेलमा क्रोएसियाले स्पेनलाई पारजित गरेको छ। टिन जेडभाजले इन्जुरी टाइममा गोल गरेपछि क्रोएसियाले स्पेनलाई ३-२ ले पराजित गरेको हो।

त्यसअघि आन्द्रे क्रामारिक र जेडभाजकै गोलमा क्रोएसियाले दुई पटक अग्रता लिएको थियो। स्पेनका लागि डानी सेबालोस र सर्गियो रामोसले बराबरी गोल पर्काएका थिए।

क्रोएसिया पहिलो लेगमा स्पेनसँग ६-० ले हारेको थियो।

हारका बावजुत पनि ४ खेलबाट ६ अंङ्क जोडेको स्पेन समूह डी मा शीर्ष स्थानमा छ। ४-४ अंक रहेको इंग्ल्याण्ड र क्रोएसिया दोस्रो र तेस्रोमा छन्। दुवैले समान तीन खेल खेलेका छन्।

यस्तै लिग ए को समूह बी को खेलमा बेल्जियमले आइसल्याण्डलाई २-० ले पराजित गरेको छ। दुवै गोल मिची बात्सुईले गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell