PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुष्पलाल स्मृति ब्याडमिन्टन : सेमिफाइनल समिकरण पूरा, पुरुष एकलमा आर्मीका तीन खेलाडी अन्तिम चारमा



पहिलोपोस्ट

पुष्पलाल स्मृति ब्याडमिन्टन : सेमिफाइनल समिकरण पूरा, पुरुष एकलमा आर्मीका तीन खेलाडी अन्तिम चारमा

काठमाडौँ :  विभागीय टोली त्रिभुवन आर्मीका तीन खेलाडी आठौँ पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता–२०७५ को पुरुष एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्। यस्तै अन्तिम चारमा पुग्ने अर्का खेलाडीमा एपीएफका दिपेश धामी रहे।

बिहीवार भएको क्वाटरफाइनलमा जित हात पार्दै आर्मीका रत्नजित तामाङ, रुकेश महर्जन र नवीन श्रेष्ठ अन्तिम चारमा पुगेका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा रत्नजितले पुलिसका नीरविक्रम देवकोटालाई २१–१७, २१–१८ ले पराजित गरे। सेमिफाइलनमा तामाङले आफ्नै क्लबका रुकेश महर्जनसँग प्रतिस्पर्धा गर्नेछन्। रुकेशले पुलिसका विष्णु कटुवाललाई २१–१६, २१–१९ ले हराए।

यस्तै अर्का खेलाडी नवीन श्रेष्ठले भोजपुरका विकास श्रेष्ठलाई २१–१९, २१–११ ले पराजित गरे। श्रेष्ठले फाइनल प्रवेशका लागि एपीएफका दिपेश धाँमीसँग खेल्नेछन्। दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरे।

महिला एकलतर्फ त्रिभुवन आर्मी र एपीएफका दुई-दुई खेलाडी मिफाइनलमा प्रवेश गरे। आर्मीकी नङ्गशल देवी तामाङले बाँकेकी सम्झना शर्मालाई २१–१२, २१–८ ले पराजित गरिन्। उनले अब फाइनल प्रवेशका लागि एपीएफकी शोभा गौचनसँग प्रतिस्पर्धा गर्नेछनि। शोभाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१९ ले हराइन्।

यस्तै गत संस्करणकी विजेता जेशिका गुरुङले आर्मीकी अमिता गिरीलाई १९–२१, २१–१५, २१–११ ले पराजित गरिन्। उनले अब सेमिफाइनलमा आर्मीकी रशिला महर्जनसँग खेल्नेछिन्। रशीलाले आर्मीकै रञ्जना भट्टलाई २१–१४, २१–१३ ले पारजित गरिन्।

नेपाल खेलकूद महासङ्घअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन सङ्घको आयोजनामा भएको प्रतियोगिताको यू-१७ छात्रतर्फको खेलमा सिल्क ग्रुपका प्रिन्स दाहालले कैलालीका जेबी साउदलाई २१–७, २१–९ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए।

यस्तै जेष्ट ब्याडमिन्टनका प्रियान्सु सिंह क्षेत्रीले दाङका हिमांशु कुँवरलाई २१–११, २१–१८, सेनाका दिवश शङ्करले कैलालीका अमृत चौधरीलाई १९–२१, २१–११, २१–१३ तथा जेष्टका पेम्बा शेर्पाले कञ्चनपुरका हिमाल चन्दलाई २१–११, २१–१३ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरे।

 

पुरुष युगलतर्फको खेलमा एपीएफका दिपेश धाँमी र विजित थापा मगर तथा गौतम कठायत र सुनील जोशीको जोडीले अन्तिम चारमा स्थान बनाए। धाँमी र मगरको जोडीले पुलिसका दीपक बोहरा र जीवन आचार्यको जोडीलाई २१–१६, २१–१७ ले रहाए। यस्तै गौतम र सुनीलको जोडी बाँकेका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई २१–१५, २१–१६ ले पारजित गरे।

यसैगरी आर्मीका रुकेश महर्जन र प्रफुल महर्जनको जोडी तथा रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले पनि सेमिफाइनलमा स्थान पक्का गरे। रुकेश र प्रफुलको जोडीले एपीएफका साजन कृष्ण ताम्राकार र सुदीप सेंढाईको जोडीलाई २१-१६, २१-१७ तथा रत्न र नविनको जोडीले पुलिसका बिष्णु कटुवाल र अनिश श्रेष्ठको जोडीलाई २१-१७, २२-२० ले हराए।

यू-१७ छात्रातर्फ सेनाका रशिला महर्जन र रञ्जना भट्ट तथा मोरङ्गका रोज पाण्डे र सिमा राजबंशी अन्तिम चारमा पुगे। सेनाकी रशिलाले जेष्टकी डिमोना के.सीलाई २१-२, २१-४ तथा रञ्जनाले झापाकी अञ्जना राईलाई २१-१६, २१-१५ लाई हराइन्। यस्तै मोरङ्गकी रोजले जेष्टकी स्मृती राईलाई २१-५, २१-१३ तथा सिमाले कंचनपुरकी बिष्णा बिष्टलाई २१-८, २१-९ ले हराए। अब सेमिफाइनलमामा रशिलाले रोजसँग तथा सिमाले रञ्जनासँग खेल्नेछिन्।

यसैगरि महिला युगलतर्फ सेनाका अनुमाया राई र अमिता गिरीको जोडीले सेमिफाईनलमा एपीएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीसँग खेल्नेछन्। राई र गिरीको जोडीले जेष्टका ज्योती लिम्बु र दिना पुनको जोडीलाई २१-१५, २१-१२ तथा श्रेष्ठ र गुरुङ्गको जोडीले जेष्टकै स्मृती राई र साफि खत्रीको जोडीलाई २१-७, २१-५ ले हराए। अर्को सेमिफाइनलमा बर्मीका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीले भोजपुर र बाँकेका सिता राई र संझना शर्माको जोडीसँग खेल्नेछन्। तामाङ्ग र महर्जनको जोडीले जेष्टका तारा आले र मनिषा खड्काको जोडीलाई २१-८, २१-४ ले तथा राई र शर्माको जोडीले मोरङ्गका सिमा राजबंशी र रोज पाण्डेको जोडीलाई २१-८, २१-१४ ले पराजित गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell