PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राइनो गोल्डकप : पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि



पहिलोपोस्ट

राइनो गोल्डकप : पुलिसलाई हराउँदै च्यासलले जित्यो उपाधि

काठमाडौँ : ललितपुरको ए डिभिजन क्लब च्यासल युथ क्लबले राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ।

बिहीवार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टीसुटआउटमा ५-३ ले पारजित गर्दै च्यासल च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेट र थपिएको १५ मिनेटको अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टीसुटआउटबाट भएको हो।

च्याम्पियन च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पार्‍यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell