PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पत्रकारलाई चिया खुवाउन नपाएकाले मन्त्रिपरिषदको निर्णय सातामा एक पटकमै सार्वजनिक : संचार मन्त्री बाँस्कोटा



विधुर ढकाल

पत्रकारलाई चिया खुवाउन नपाएकाले मन्त्रिपरिषदको निर्णय सातामा एक पटकमै सार्वजनिक : संचार मन्त्री बाँस्कोटा

काठमाडौं : मन्त्रिपरिषद्ले गरेको निर्णय प्रत्येक साता पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने भएको छ। सरकारले गरेका निर्णयहरु बारे सरकारका प्रवक्ताले सातामा एक पटक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नयाँ तरिका अपनाएको सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री बाँस्कोटाले भने, 'पत्रकारहरुलाई चिया पनि खुवाउन नपाइने अवस्था भयो। स्थानको अभाव भयो। कहिले बालुवाटार, कहिले सिंहदरबार जुनसुकै अवस्थामा पनि बस्नुपर्ने। यहाँहरुका लागि सुविधा होस् भनेर सूचना सम्प्रेषणमा एकरुपता दिन नयाँ प्रयोग गर्ने तयारी गरेका हौं।'

मन्त्री बाँस्कोटाले दुई सातापछि सबै निर्णयको श्रव्य दृश्य सामाग्री समेत उपलब्ध गराउने जानकारी दिएका थिए।

गत आइतवार बालुवाटरमा बसेको बैठकमा निर्णय कुरेका बसेका सञ्चार मन्त्री गोकुल बास्कोटाले 'आवश्यक निर्णयहरु गरिएको छ र समय क्रममा तपाईँहरुले थाहा पाइहाल्नुहुन्छ,'  भन्दै निष्किएका थिए।

'आजका लागि यत्ति नै,' अरु बेला भए आइप्याड हेर्दै मन्त्रिपरिषद्का निर्णय वाचन गर्ने प्रवक्ता बास्कोटाले आज भने यति भन्दै विदा लिएका थिए।

आज उनले दिएको जानकारी अनुसार सरकारले इजरायलका लागि नेपाली राजदूत निरन्जन थापालाई फिर्ता बोलाउने निर्णय गरेको छ।

त्यसैगरी आजको पत्रकार सम्मेलनमा, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell