PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लाइसेन्स नै नचाहिने उड्ने मोटरसाइकल



पहिलोपोस्ट

लाइसेन्स नै नचाहिने उड्ने मोटरसाइकल

दुबर्इ जाँदै हुनुहुन्छ भने तपार्इँले आकाशमा कोही उडी रहेको देख्नुभयो भने सचेत हुनु। दुबर्इ प्रहरीले निकट भविष्यमा फ्लाइङ मोटरबाइक (उड्ने मोटरसाइकल) बाट शहरमा गस्ती गर्ने लक्ष्य लिएको छ। हाल भने प्रहरीले उड्ने मोटरसाइकलको प्रशिक्षण गरिरहेको छ।

क्यालिफोर्नियामा रहेको होभरसर्फ नामक कम्पनीले निर्माण गरेको एस थ्री २०१९ होभरबाइकको प्रशिक्षणमा अहिले दुबर्इ प्रहरी व्यस्त छ। तर दुबर्इमा उड्ने मोटरबाइक परीक्षण गरेको यो पहिलो पटक भने होइन। सन् २०१७ मा पनि दुबर्इमा उड्ने मोटरबाइकको परीक्षण भएको थियो।

सन् २०१७ मै उड्ने बाइकका लागि होभरसर्फसँग दुबर्इ पुलिसले सम्झौता गरेको थियो। अहिले पहिलो लटको रुपमा होभरले दुबर्इ प्रहरीलार्इ 'एस थ्री २०१९ होभरबाइक' प्रदान गरी प्रशिक्षण दिइरहेको छ।

अहिलेसम्म दुबर्इ प्रहरीका दुर्इ समूहले होभरबाइकको प्रशिक्षण लिइसकेको छ भने बाँकी समूहहरु समेत प्रशिक्षणका लागि तयार हुँदैछन्। मोटरसाइकल चलाउन आउने र ड्रोन संचालनबारे ज्ञान भएका प्रहरीलार्इ अहिले प्रशिक्षणमा सहभागी गराइएको छ।

दुबर्इ प्रहरीको अर्टिफिसियल इन्टिलिजेन्स विभागका ब्रिग्रेडियर खालिद नसिर अलराजुकीले सन् २०२० सम्म होबरबाइक संचालन गर्ने लक्ष्य रहेको बताएका छन्।

यता होभरबाइक निर्माण सुरु गरेको कम्पनी होभरसर्फले भने सन् २०१९ सम्म बाइक बिक्रीका लागि तयार गर्ने बताएको छ। एउटा बाइकको मूल्य १ लाख पचास हजार अमेरिकी डलर पर्ने कम्पनीले जनाएको छ।

होभरबाइकमा एक जनामात्रै बस्न मिल्नेछ। यस्तै बाइकमा चारवटा पंखा रहनेछ। त्यसलार्इ नियन्त्रण गर्नका लागि भने बाइकमै जोइस्टिक हुनेछ।

एउटा होभरबाइक करिब २५० पाउन्डको हुनेछ भने त्यो कम्तीमा १६ फिट माथिसम्म उड्न सक्नेछ। होभरसर्फका अनुसारमा त्यसमा रहने 'लिथियम मानगानिस निकेल ब्याट्री' ले बाइक ६० माइल प्रति घण्टाको गतिमा कम्तीमा २५ मिनेट उड्न सक्नेछ।

फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले तय गरेको गति भन्दा यसको गति र तौल कम भएकाले काबर्न फाइबरबाट निर्माण हुने यस्ता उड्ने मोटरबाइक चलाउन लाइसेन्स नचाहिने कम्पनीले बताएको छ।

तर यसलार्इ लिएर विभिन्न प्रश्नहरु पनि खडा भएका छन्। यस प्रकारका बाइकबाट मनिसहरु सुरक्षित नहुने तर्क समेत गरिएको छ। यद्यपी होभरबाइकहरुमा सुरक्षाका लागि धेरै फिचर रहेको बताउँछन् होभरसर्फका प्रमुख जोसेफ सेरुगा कोन। उनका अनुसार प्रत्येक होभरबाइक नियन्त्रणका लागि त्यसलार्इ कम्पयुटर प्रणालीसँग जोडिएको छ। यस्तै कुनै अप्ठ्याराहरु थाहा पाउन वा त्यसलार्इ न्यूनिकरण गर्न त्यसमा लेजर स्क्यानरहरु समेत जडान गरिएको छ।

कम्पनीले होभरबाइक किन्ने व्यक्तिहरुलार्इ विशेष परीक्षण दिने बताएको छ। सेरुगाले बाइकमा सवार हुन पहिला डर लागे पनि हावामा उडेपछि डर महसुस नहुन बताए।

होभरसर्फबाहेक किट्टी हक कोरपोरेसन अफ माउन्टे भ्यूले पनि 'फ्लायर' नाम गरेको एक जना चढ्न मिल्ने इलेक्ट्रिक फ्लाइङ भेइकल निर्माण गरिरहेको छ। यस्तै ब्रिटिश कम्पनी मल्लोय एरोनोटिक्सले अमेरिकी रक्षा मन्त्रालयसँथ मिलेर युद्धमा प्रयोग गर्न मिल्ने होभरबाइक निर्माण गर्ने प्रकृया अघि बढाएको छ। इजरायलको ट्याक्टिकल रोबोटिबक्स नामक कम्पनीले 'कोरमोरेन्ट' नामक उड्ने कार निर्माण गरिरहेको छ। उक्त कारलार्इ एयर एम्बुलेन्सका रुपमा द्वन्दग्रस्ट क्षेत्रमा घाइते सैनिकहरुको उपचारमा प्रयोग गरिने बताइएको छ।

हाल होभरबाइक निकै महंगो देखिएपनि यसको उपभोक्ता बढ्दै गएमा भविष्यमा यसको मूल्य घट्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell