PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाँकेमा सवारी दुर्घटनामा नेमकिपा नेतृ शाहीको निधन



पहिलोपोस्ट

बाँकेमा सवारी दुर्घटनामा नेमकिपा नेतृ शाहीको निधन

राँझाः बाँकेको कोहलपुरमा सडक दुर्घटनामा परी नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य गोमा शाहीको बुधबार मृत्यु भएको छ।

कोहलपुर निवासी शाही सवार मोटरसाइकललाई गएराति पौने ८ बजे कोहलपुरको विद्युतरोड नजिक सडक पार गर्ने क्रममा एक भ्यानले ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा शाहीको निधन भएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ।

भे १ च १६७२ नम्बरको निजी मालवाहक भ्यानले शाही सवार भे २ प ३०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अञ्जिल शाही पनि गम्भीर घाइते भएको प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैबीच बाँकेको पिपरीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ ह ३४७७ नंको अटो रिक्सा दुर्घटना हुँदा बुधबार दिउँसो चालक नारायण पौडेलको मृत्यु भएको छ। पिपरी निवासी पौडेलले चलाएको अटो रिक्सा अनियन्त्रित भई नालामा खसेको थियो। घाइते पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell