PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

चिनियाँ मन्त्रीसँगको भेटमा प्रधानमन्त्री ओली : उदारतापूर्वक सहयोगको अपेक्षा गर्छौं



पहिलोपोस्ट

चिनियाँ मन्त्रीसँगको भेटमा प्रधानमन्त्री ओली : उदारतापूर्वक सहयोगको अपेक्षा गर्छौं

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा लागेको बताएका छन्।  चीनका पर्यटन तथा संस्कृति मन्त्री लु सुगाङसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा ओलीले समृद्धिको बाटोमा नेपालले हिँड्न थालेको बताएको उनको सचिवालयले जनाएको छ। 

समृद्धिको बाटोमा मित्र राष्ट्रहरुबाट उदारतापूर्वक सहयोगको अपेक्षा गरिएको धारण उनले राखेका थिए। 'समृद्धिको लक्ष्य हासिल गर्नका लागि मित्र राष्ट्रहरुबाट सहयोग अपेक्षा गरिएको छ,' प्रधानमन्त्रीलाई उदृत गर्दै उनका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले भने, 'त्यसमा पनि नजिकका छिमेकीहरुबाट थप सहयोगको अपेक्षा गरेका छौं।' 

प्रधानमन्त्री ओलीले नेपाल र चीन सदियौं देखिको सम्बन्ध रहेको स्मरणसमेत गरेका थिए। 'हामी एउटै हिमालको वारिपारि बसेका,एउटै हिमालको मुलको पानी खाएका छिमेकी हौं,' प्रधानमन्त्री ओलीले भने, 'हामी भूगोल,संस्कृति,रहनसहन र जनस्तरबाट पनि नजिक छौं।'
 चिनियाँ मन्त्री सुगाङले नेपाल भ्रमण वर्ष २०२० मा अधिकतम संख्यामा नेपालमा पर्यटक भित्र्याउने चीनको तयारी भएको बताएका थिए।गतवर्षको तुलनामा यस वर्ष नेपाल भ्रमण गर्ने पर्यटक ४८ प्रतिशतले वृद्धि भएको मन्त्री सुगाङले छलफलमा जानकारी गराएका थिए। 

'नेपालको परम्परागत र सांस्कृतिक सम्पदाको अवलोकनका लागि चिनियाहरु बढी आकर्षित छन्,' मन्त्री सुगाङको भनाइ उद्धृत गर्दै भट्टराईले भने, 'भूकम्पपछिको पून निर्माणको क्रममा रहेका यस्ता संरचनाको मौलिकपन कायम राख्न उपयुक्त हुन्छ।  यसले नेपालको पर्यटन क्षेत्रमा दीर्घकालीन फाइदा पुग्नेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell