PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भुटानीको पीडा लिएर आए बाबु बोगटी



पहिलोपोस्ट

भुटानीको पीडा लिएर आए बाबु बोगटी

काठमाडौं : गायक बाबु बोगटी सानैदेखि भुटानी शरणार्थीहरुसँग नजिक थिए। विद्यालयमा साथीहरु पनि भुटानी, अनि शिक्षकहरु पनि।

मोरङको लेटाङ विद्यालयमा पथ्री क्याम्पका भुटानीहरु पढ्न आउँथे। उनी भुटानीहरुसँगै हुर्के। पछिल्लो समय उनले भुटानी शरणार्थीको कथा बोकेको फिल्म 'देश खोज्दै जाँदा'मा पनि अभिनय गरे। अहिले उक्त फिल्मलाई विभिन्न अन्तर्राष्ट्रीय फिल्म फेस्टिबलमा दर्शकले रुचाएका छन्।

अमेरिका बसेर पनि नेपाली गीत संगीतमा सक्रिय छन् बाबु। अहिले उनले भुटानी पीडा समेटेको नयाँ गीत लिएर दर्शक माझ प्रस्तुत भएका छन्। स्टेज कार्यक्रममा व्यस्त रहने बाबुको नयाँ गीत 'हाम्रो पीडा व्यथा कसले बुझिदेला' हो।  

उनले गीतको लिरिकल भिडियो मात्र सार्वजनिक गरेका हुन्। गीतले अहिले अमेरिकामा रहेका नेपाली भुटानी समाजको कथा बोलेको बाबुले बताए। गीतलाई बाबु कै अफिसियल च्यानल मार्फत् सार्वजनिक गरिएको हो। गीतमा उनकै शब्द, संगीत र स्वर छ। मोहित मुनालले एरेन्ज गरेको गीतको लिरिकल भिडियो राजेश शाहले तयार पारेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell