PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'जात्रै जात्रा'को दर्शक क्रेज



पहिलोपोस्ट

 'जात्रै जात्रा'को दर्शक क्रेज

काठमाडौं : फिल्म 'जात्रै जात्रा'को हालै टिजर सार्वजनिक भयो। पछिल्लो समय दर्शकले निर्देशक प्रदीप भट्टराईको 'जात्रा'लाई रुचाएका थिए।

यो फिल्मले पनि दर्शकको मन जित्ने निर्माण टिमको दावी छ। फिल्ममा अभिनेता विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, दया हाङ राई र वर्षा राउतको मुख्य अभिनय छ।

 विदेशमा रहेका नेपाली दर्शक 'जात्रा' हेर्न प्रतिक्षामा छन्। हालै, फिल्मको ३५ लाखमा अष्ट्रेलियामा प्रर्दशन फाइनल भएको छ।  फिल्म फागुन १७ गतेदेखि नेपाल प्रदर्शनमा आउँदैछ। रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी छ। यसअघि जात्रा निर्देशक भट्टराईले 'सत्रुगते' बनाएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell