PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीरगंजमा यसरी गरियो छठको पारण, हेर्नुस् फोटोमा

वीरगंजमा यसरी गरियो छठको पारण, हेर्नुस् फोटोमा

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगंजः छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिई आज समापन गरिएको छ। यसलाई मधेसमा पारण पनि भन्ने गरिन्छ। चार दिने छठको अन्तिम दिन अर्थात् चौथो दिनलाई पारण गरिन्छ। सूर्य भगवानलाई बिहानीको किरणसँगै दूध अर्पण गरी छठी माताको यो कठोर र निष्ठाको पर्व व्रतालुहरूले समापन गर्ने गरेका छन्।

वीरगंज–२१ मा पर्ने लिपनीबिर्ता र २२ मा पर्ने मनियारीको वीचबाट बग्ने श्रीर्सिया खोलाको किनारमा पटेलनगर र जगरनाथपुरको छठ घाटहरु पर्छन। मिरमिरे बिहानीसँगै व्रतालुहरूको छठ घाटमा आगमन भएको थियो। बिहान १ बजेदेखि नै पूजा सामग्री र अर्घको सामग्री लिएर व्रतालुहरू खोलाको किनारमा लहरै लाइन लागेर भगवान सूर्यको प्रतीक्षामा थिए।

बिहान ६ बजेर २३ मिनेटमा सूर्य उदाएपछि पुरोहितले गाईको दूध व्रतालुहरूले लिएका अर्घ सुपली र ढाकानामा चढाए। त्यसपछि व्रतालुहरूले उक्त अर्घ सूर्य भागवानलाई अपर्ण गर्दै ढोगेर फेरि छठघाटमा आई छठी मातालाई पूजापाठ गरी घर फर्के।

घरमा आएपछि घरको कुलदेवी र टोल छिमेकको देवीको पनि पूजा आराधना एवं ठूलासँग आशीर्वाद लिने चलन छ। अर्घको सामग्रीमा ठेकुवा, उखु, निम्बु, सुन्तला, स्याउ, नरिवल, सुथनी, मुलालगायत सामग्री माटोको ढाकना वा बाँसको सुपलीमा राखेर अर्घ दिइन्छ।

पारणको उल्लास हेर्नुस् फोटोमा।



ट्रेन्डिङ पोस्ट

Ncell