PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इजरायलद्वारा प्यालेस्टाइनी क्षेत्रमा हवार्इ आक्रमण: विश्वमा आज



इजरायलद्वारा प्यालेस्टाइनी क्षेत्रमा हवार्इ आक्रमण: विश्वमा आज

इजरायल प्यालेस्टाइन युद्ध

इजरायल र प्यालेसटाइनबीच गाजा क्षेत्रमा भड्किएको हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्नमै अबरोध सिर्जना गर्ने खतरा बढेको छ। इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्यालेस्टिनीको मृत्यु हुनुका साथै हमासको टेलिभिजन भवनलाई क्षतिग्रस्त बनाएसँगै हिंसात्मक घटनामा अझ वृद्धि भएको हो। इजरायली सैनिकले १०० भन्दा बढी विद्रोही इलाकामा आक्रमण गरेको जनाएको छ। हमासले आफ्नो नियन्त्रण भएका क्षेत्रबाट इजरायली भूमितर्फ तीन सय ७० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ। 

अमेरिका जापान सम्झौता

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जापान र संयुक्तराज्य अमेरिकाबीच हुने नयाँ द्विपक्षीय व्यापार सम्झौता उदाहरणीय किसिमको हुने बताएका छन्। जापानी प्रधानमन्त्री शिन्जो आबेसँगको वार्तापछि सञ्चारकर्मीसँग बोल्दै उपराष्ट्रपति पेन्सले जापानसँग अमेरिकी व्यापार असन्तुलित किसिमको रहेको वासिङ्टनको धारणा रहेको बताए। जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत सेप्टेम्बरमा द्विपक्षीय व्यापार सम्झौता पुनरावलोकन गर्ने सहमति भएको थियो । 

ग्रुएस्कीद्वारा हङ्गेरीमा शरण माग

प्रहरीको खोजीको सूचीमा रहेका मेसेडोनियाका पूर्व प्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको बताएका छन्। प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उनलाई दुई बर्षको जेल सजाय तोकिएको छ। अदालतको निर्णय अनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको छ। ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा, 'म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु' लेखेका छन्।

रूसी तथा चिनियाँ हतियारबारे चासो

उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टलटेन्बर्गले चिनियाँ तथा रूसी मध्यम दूरीका क्षेप्यास्त्रप्रति चासो व्यक्त गर्दै बेइजिङलाई पनि अन्तराष्ट्रिय हतियार नियन्त्रण सम्झौतामा सहभागी हुन आग्रह गरेका छन्। शीत युद्धकालीन निशस्त्रीकरण सम्झौताको आधार मध्यम दूरीको आणविक शक्ति सम्झौतालाई रूसको क्षेप्यास्त्र प्रणाली बिस्तारले उल्लङ्घन गरेको दावी गर्दै ट्रम्पले गत महिना अमेरिका पनि उक्त सम्झौताबाट पछि हट्नसक्ने बताएको थियो । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पको उक्त भनाइपछि मध्यम दूरीको आणविक हतियार निर्माणमा नियन्त्रणका लागि गरिएको सन्धिबाट फर्कनु भनेको हतियार नयाँ दौडको शुरूवात हुने बताएका थिए। 

फोटो: JAPAN TIMES/ SPUTNIC/AP/AFP/EPA/REUTERS
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell