PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

काठमाडौँको गुह्येश्वरीमा छठको रमझमका २२ फोटो

काठमाडौँको गुह्येश्वरीमा छठको रमझमका २२ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : छठ पर्वअन्तर्गत आज मुख्य दिन ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन् । 

बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ अन्त्य हुन्छ। गुह्येश्वरी मन्दिरअघिको वाग्मतीबाट गौरीघाटसम्मको नदी किनारमा बेहुली झैँ सिँगारेर छठ घाट बनाइएको छ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले नदीको बीच भागमा बनाइएको छठी माताको मूर्तिमा पूजाआराधना गरेका थिए। 

उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन नदी किनारमा बसेका छन्। रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिइने समिति सदस्य चन्द्रकान्त यादवले बताए। आइतबार बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समापन गरिन्छ। छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ। 

बुधबार छठ सकिएपछि चार दिनसम्म नदी किनारमा सफाइ अभियान शुरु गरिने वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए। 

हेर्नुस् प्रवीण रानाभाटले गुह्येश्वरीमा खिचेका छठको रमझमका २२ फोटो


ट्रेन्डिङ पोस्ट

Ncell