PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्यालिफोर्निया डढेलोमा परेका जनावरलार्इ उद्धार गरिँदै



क्यालिफोर्निया डढेलोमा परेका जनावरलार्इ उद्धार गरिँदै

अमेरिकाको क्यालिफोर्नियामा लागेको भीषण डढेलोमा परी ४२ जनाको मृत्यु भइसकेको छ। उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

डढेलोका कारण करिब २ लाख ५० हजार मानिसहरु विस्थापित भएका छन्।  डढेलो फैलिदै गएकाले लाखौं मानिसहरुलार्इ सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। 

जंगलमा लागेको आगलागीका कारणबाट मानिसहरु मात्र नभइ जनावरहरु पनि प्रभावित भएका छन्। धेरै संख्यामा घरपालुवा जनावरहरु हराएका छन्।

मानिसहरुले हराएका जनावरको तस्विरहरु सामाजिक संजालमा राखेका छन्। सामाजिक संजालमा जनावरहरुलार्इ उनीहरुलार्इ पालिरहेका मानिसहरुको जिम्मा लगाउन धेरै समूहले प्रयास गरिरहेका छन्।

केही मानिसहरुले आफ्ना जनावरहरुलार्इ आफैसँग अन्यत्र लगिरहेका छन् भने स्वयमसेवकहरु उद्धार गरिएका जनावरहरुको उपचारमा खटिएका छन्।

हजारौं क्षेत्र जलेर नष्ट भइरहँदा जनावरहरुको उद्धार गरिएका तस्विरहरु सार्वजनिक हुँदै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell