PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ४२ पुग्यो



क्यालिफोर्निया डढेलो: मृत्यु हुनेको संख्या ४२ पुग्यो
फोटो: एएफपी

प्याराडाइज: अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एक जंगलमा लागेको भीषण डढेलोमा परी मृत्यु हुनेको संख्या ४२ पुगेको छ।

 राज्यको उत्तरी क्षेत्रमा रहेको प्याराडाइज शहरमा धेरै संख्यामा शव भेटिएको प्रहरीले जनाएको छ। खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । 

डढेलोको प्रकोप बढ्दै जाँदा करिब ७ हजार भवनहरुमा क्षति पुगि सकेको छ भने १५ हजार भन्दा बढी संरचनाहरु जोखिममा रहेका छन्।

डढेलोका कारण दुर्इ लाख ५० हजार भन्दा बढी मानिसहरु विस्थापति भएका छन्। 

डढेलोका कारण उत्पन्न धुँवाले धेरै माइल टाढासम्म आकाश ढाकेको र सूर्यको प्रकाश मुस्किलले मात्र देखिएको बताइएको छ। भुइँमा आगोको चपेटामा परेका कार डढेर ध्वस्त भएको र आगोको लप्काले बिजुलीका तारमा क्षति पुगेको छ। 
    
उद्धारकर्ताहरुले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि काम गरिरहेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell