PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदेश सांसदको गाडीमा ढुङ्गा हान्ने पक्राउ, आमासँग झगडाको झोंकमा हानेको बयान 



पहिलोपोस्ट

प्रदेश सांसदको गाडीमा ढुङ्गा हान्ने पक्राउ, आमासँग झगडाको झोंकमा हानेको बयान 
सांकेतिक तस्बिर।

काठमाडौँ : सांसदको गाडीमा ढुङगा हानेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

बौद्ध महांकाल पानीट्याङकी नजिक प्रदेश नम्बर ३ का सांसद गणेश दुलाल चढेको बा १९ च ४९८ नम्बरको गाडीमा आज बिहान ढुङ्गा प्रहार भएको थियो।  दुलाल काठमाडौं क्षेत्र नम्बर १ को (ख) बाट निर्वाचित सांसद हुन्। 
 
रातो मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले आफू सवार गाडीमा आक्रमण गरेको भन्दै दुलालले प्रहरीमा उजुरी गरेका थिए। 
 
उजुरीपछि महानगरीय प्रहरी वृत्त बौद्धले  उदयपुर लामिटार घर भई काठमाडौँ महानगरपालिका वडा नम्बर ६, महांकाल बस्ने वर्ष २० का पासाङ दोर्जे शेर्पालाई पक्राउ गरेको वृत्तका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। 

शेर्पाले सांसद चढेको गाडीसँगै काठमाडौँ रामहिटी पिपलबोट बस्ने वीरबहादुर लामाको बा ३ च ९७१९ नम्बरको गाडीमा पनि ढुङ्गा प्रहार गरेका थिए। 

सांसद चढेको गाडीको अगाडिको शिशा चर्केको र लामाको गाडीको अगाडिको शिशा फुटेको प्रहरीले जनाएको छ। 

युवकले घरमा सांसदको गाडी भनेर चिनेर ढुंगा हानेको नभई आमासँग सामान्य विवाद भएको झोँकमा सडकमा गुडेका गाडीमा ढुङ्गा हानेको प्रहरीमा बयान दिएका छन्।

शेर्पालाई बा ४४ प २७७१ नम्बरको डिस्कभर मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी चन्दले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell