PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

एक वर्षपछि फाइनल भयो सुविनको 'समर लभ'मा आधारित फिल्म



पहिलोपोस्ट

एक वर्षपछि फाइनल भयो सुविनको 'समर लभ'मा आधारित फिल्म

काठमाडौं : सुविन भट्टराईको उपन्यास 'समर लभ'मा आधारित फिल्म 'समर लभ'को प्रदर्शन मिति तय भएको छ। निर्माण टिमले माघ २५ गतेदेखि फिल्म प्रदर्शन गर्ने टार्गेट राखेको छ।

टिमले हालै फिल्मको फस्ट लुक पनि सार्वजनिक  गर्‍यो। फस्ट लुकमा फिल्मका मुख्य कलाकार सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन्। आशिष र रेवतीको यो डेब्यू फिल्म हो।

आशिषले मोडलिङबाट फिल्ममा प्रवेश गरेका हुन्। रेवती भारतमा आयोजित मिस इन्टरनेसनल प्रतियोगिताका विजेता हुन्। उनले ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता भारतीय फिल्ममा काम गरिसकेकी छिन्।

'समर लभ'लाई मुस्कान ढकालले निर्देशन गरेका हुन्। उनले यसअघि ‘नाईं नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए। छायाँकन थालेको १ वर्षपछि फिल्मको प्रदर्शन मिति तय भएको हो। निर्देशक ढकालले विदेशको सुटिङले फिल्म बन्न समय लागेको बताए।

उनले भने, ‘किताबको हाइप पूरा गर्न पनि फिल्ममा धेरै मेहनत गर्नुपर्ने थियो। अब हामी दर्शकलाई अपेक्षा गरे अनुरुपको फिल्म पस्कन तयार छौं।’ सुविनको कथालाई सामिप्यराज तिमिल्सिनाले पटकथामा ढालेका छन्। फिल्ममा सुविन र सामिप्यको संवाद छ। नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा पुष्पन प्रधानको संगीत, संजय लामाले छायाँकन र अर्जुन जिसीको सम्पादन छ। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell