PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रहस्यमय बन्दै १३ वर्षीय बालिका एल्जिनाको मृत्यु



पहिलोपोस्ट

रहस्यमय बन्दै १३ वर्षीय बालिका एल्जिनाको मृत्यु
प्रतीकात्मक तस्विर

काठमाडौँः आइतबार दिउँसो उदयपुरको रौतामाई गाउँपालिकामा ३ मा मृत अवस्थामा फेला परेकी १३ वर्षीय बालिका एल्जिना खड्काको घटना रहस्यमय बन्दै गएको छ।

शव फेला परेको २४ घण्टा हुन लाग्दा पनि प्रहरीले बालिकाको हत्याको कारण पत्ता लगाउन सकेको छैन।

आइतबार दिउँसो रौतामाइ गाउँपालिका ३ की १३ वर्षीय किशोरी एल्जिनाको शव नजिकैको जंगलमा फेला परेको थियो।

बालिकाको बलात्कारपछि हत्या भएको स्थानीयको आशंका भए पनि अझैसम्म कुनै कारण खुलेको छैन। बालिकाको शव पोष्टमार्टमका लागि पठाएकाले रिपोर्ट आएपछि मात्र कारण खुल्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटले जानकारी दिए।

शनिबार दिउँसो बाख्रा चराउन भन्दै गएकी एल्जिनामा राति अबेरसम्म पनि घर नर्फिएपछि आफन्त र परिवारले खोजी गरेका थिए। आइतबार बिहानसम्म नभेटिएपछि किशोरीका परिवारले जिल्ला प्रहरी कार्यालयमा हराएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ। बालिकाको शवमा चोटपटक लागेको देखिएको डिएसपी रानाभाटले जनाए।

रानाभाटले भने,' हामी अहिले प्रारम्भिक अनुसन्धानमा छौँ। घटना कसरी र किन भयो अनुसन्धान गरिरहेका छौँ।'

उदयपुर सदरमुकामदेखि घटनास्थल करिब ८० किलोमिटरको दुरीमा पर्छ। जिल्ला प्रहरी कार्यालयबाट डिएसपी अर्जुन रानाभाटको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell