PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वनभोज खाएर फर्किँदा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, ३४ जना घाइते



पहिलोपोस्ट

वनभोज खाएर फर्किँदा ट्रयाक्टर दुर्घटनाः तीन जनाको मृत्यु, ३४ जना घाइते

गाईघाटः वनभोज खाएर फर्किएका यात्रु सवार एक ट्र्याक्टर आइतबार साँझ दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ३४ घाइते भएका छन्।

उदयपुर जिल्लाको बेलका नगरपालिका–८ तपेश्वरी जङ्गलस्थित रङ्गमहल कोशीटप्पु क्षेत्रमा भएको दुर्घटनामा बेलका–२ भागपुर बस्ने १९ वर्षीया बिनिता चौधरी, २० वर्षीय इन्द्र चौधरी र २० वर्षीया दिपीका चौधरीको मृत्यु भएको बताइएको छ।

स १ त ५८५० नंको ट्र्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका ३४ जनाको अहिले धरानस्थित बिपी मेमोरियल अस्पतालमा उपचार भइरहेको बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले बताए।

बिहान कोशी टप्पुमा वनभोज गएकाहरु साँझ फर्कने क्रममा सप्तकोशी रङ्गमहलको जङ्गलमा ट्र्याक्टर सडकबाट तल खसेको बेलकाका स्थानीयवासी राजकुमार भुजेलले बताए। दुर्घटनामा पर्नेहरु सबै बेलका नगरपालिका–२ भागलपुरवासी रहेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell