PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जुवाको खालबाट पक्राउ परे पाँच उद्योगी, करिब दुई लाख रुपैयाँ नगद बरामद



पहिलोपोस्ट

जुवाको खालबाट पक्राउ परे पाँच उद्योगी, करिब दुई लाख रुपैयाँ नगद बरामद

विराटनगरः मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित गङ्गा चौकबाट प्रहरीले ठूलो रकमसहित पाँचजना उद्योगपति जुवाडेलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले दिएको जानकारी अनुसार विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेको अवस्थामा नगदसहित ती उद्योगपति पक्राउ परेका हुन्।

यसरी पक्राउ पर्नेहरुमा गोदाम घरधनी चम्पालाल राठीसहित विराटनगर–५ बस्ने ५० वर्षीय जीवन रिजाल, विराटनगर–३ बस्ने ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ बस्ने ५१ वर्षीय बिमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई रहेका छन्। उक्त जुवाको खालबाट प्रहरीले रु एक लाख ९० हजार १४० र १७ बुक तास बरामद गरेको छ। पक्राउ परेका पाँच जनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell